५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा ८५ वर्षीय कोरोना सङ्क्रमित वृद्धको मृत्यु



अ+ अ-

म्याग्दी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा म्याग्दीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसीयूमा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ वर्षीय वृद्धको मङ्गलवार राति ८ः२५ बजे मृत्यु भएको हो ।

गत असोज २९ गते कोरोना सङ्क्रमण भएपछि केन्द्रको आइसीयूमा भर्ना भएर उपचार गराइरहेका उनको दुवै फोक्सोमा निमोनिया तथा मिर्गौलाको समस्यासमेत देखिएको अस्पतालले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ ।