२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैकल्पिक राजमार्ग निर्माण गर्न आवश्यकः भौतिकमन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद्पछि मुलुकका मुख्य राजमार्गहरुको विकल्पमा सम्भावित राजमार्ग निर्माण गर्ने आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार सिंहदरबार स्थित भौतिक मन्त्रालयमा आयोजना गरिएको पूर्वाधार, जलश्रोत, जलवायु लगायत क्षेत्रका विज्ञहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले मुलुकका मुख्य राजमार्गहरुको विकल्पमा अन्य राजमार्ग बनाउन आवश्यक देखिएकाले सरकारले छलफल अगाडि बढाएको बताउनु भयो । उहाँले बाढी, पहिरोले निम्त्यिाएको विपद्पछि वैकल्पिक राजमार्ग बनाउन जरुरी देखिएको उल्लेख गर्नुभयो । उहाँले नागढुङ्गा–मुग्लिङ सडकको विकल्पको रुपमा सोच्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले विपी राजमार्गको विकल्पको रुपमा अर्को सडक बनाउने विषयमा सरकारले सोचि रहेको बताउनु भयो । उहाँले विज्ञहरुले नदी किनारमा सडक बनाउन नहुने सुझाव दिएको भन्दै सो विषयमा सरकार गम्भिर रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले भएका राजमार्गहरुको विकल्पमा अन्य सम्भावित राजमार्गहरु निर्माण गर्नुपर्ने आवश्यकता छ । त्यो विषयमा सरकारले सोचिरहेको छ । बाढी पहिरोको विपद्पछि सरकारले वैकल्पिक सडक निर्माण गर्ने विषय सोचिरहेका छौं । छलफल पनि भएको छ । नागढुङ्गा सडकको विकल्पको रुपमा सोच्नुपर्ने अवस्था छ । विपी राजमार्गको विकल्पको रुपमा अर्को सडक सोच्नुपर्ने भएको छ । त्यसको विषयमा पनि सोचिरहेका छौं । विज्ञहरुले नदी किनारमा सडक बनाउन नहुने भन्नुभएको छ । क्रसरहरु प्रायःसबै बगाएको छ । क्रसर बगाउँदा निर्माण सामाग्रिको अभाव हुनसक्ने कुरा आएका छन् । क्रसर आवश्यक छन् । ठिक ढङ्गले नियमन गरेर अगाडि बढ्न जरुरी छ ।’

उहाँले असोजमा आएको बाढी पहिरोले क्रसरहरु उद्योगमा ठूलो क्षति भएको भन्दै निर्माण सामाग्रिको अभाव हुनसक्ने सुझाव आएकाले क्रसर ठिक ढङ्गले नियमन गरेर अगाडि बढ्न जरुरी रहेको बताउनु भयो । छलफलका क्रममा विज्ञहरुले जलवायु परिवर्तनको प्रभाव र असरलाई मध्यनजर गरी पूर्वाधार निर्माणका योजनाहरु बनाउन सुझाव दिएका थिए ।