काठमाडौं । पुनःनिर्मित रानीपोखरीको आज दिउँसो १२ बजे राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन हुने भएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको रानीपोखरीको आज राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने भएको हो ।
रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर अहिले ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ । मल्लकालीन राजा प्रताप मल्लको पालामा उक्त पोखरी बनाइएको हो । २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् ।
त्यसैले मन्दिरको उद्घाटन पनि राष्ट्रपति भण्डारीबाट नै गर्न लागिएको हो ।











