१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध

काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै

काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै
अ अ+ अ-

झापा । जिल्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदानका लागि तीव्र गतिमा काम भइरहेको छ । मेची बहुमुखी क्याम्पस भद्रपुरकोे जग्गा २५ वर्षका लागि भाडामा लिएर भद्रपुर क्रिकेट क्लबले खेलमैदान बनाउने कामलाई अगाडि बढाइएको हो ।

क्याम्पस परिसरमा रहेको काँसघारीलाई फाँडेर खेलमैदान सम्याउने काम भइरहेको भद्रपुर नगरपालिका–८ का वडाध्यक्ष मनोज सुब्बाले बताउनुभयो । उहाँले यो जिल्लाकै पहिलो र कोशी प्रदेशको दोस्रो क्रिकेट रङ्गशाला हुने बताउनुभयो । “जिल्लामा अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त क्रिकेट खेलाडी धेरै छन् तर मैदान छैन”, उहाँले भन्नुभयो, “क्रिकेट खेलप्रति युवाहरुको क्रेज बढिरहेको छ, यसलाई मध्यनजर गरेर यहाँका उद्यमी, व्यवसायी र खेलप्रेमी महानुभावका साथ सहयोग लिएर मैदान धमाधम बनाइरहेका छौँ ।”

उहाँले खेलमैदान बनाउनका लागि वडाबाट गत वर्ष रु तीन लाख बजेट दिएर काम सुरु गराइएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा समेत रु तीन लाख बजेट सो मैदानका लागि विनियोजन गरिसकेको बताउनुभयो । हाल वडाको बजेटसहित खेलप्रेमी महानुभावहरुले स्वतस्फूर्त रुपमा दिइएको करिब रु १५ लाख रकमबाट खेलमैदान बनाउने काम भइरहेको छ ।

वडाध्यक्ष सुब्बाले क्रिकेट खेल, प्रशिक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्दै क्रिकेटको विकास गर्ने उद्देश्यका साथ क्याम्पस परिसरमा खेलमैदान निर्माण सुरु गरिएको बताउनुभयो । रङ्गशाला निर्माणका लागि कति खर्च लाग्छ भन्ने यकिन भइनसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार कोशी प्रदेश सरकारले समेत चालु आर्थिक वर्षमा रु १५ लाख बजेट रङ्गशाला बनाउन सहयोग गरेको छ । पछिल्लो समय खेलमैदानका लागि क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले समेत चासो राखेको छ ।

क्लब र क्याम्पसबीच १९ बुँदे सम्झौता भएको छ । सम्झौतामा क्रिकेट क्लबका तर्फबाट अध्यक्ष आदित्य पराजुलीले र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख जीवन पोखरेलले हस्ताक्षर गर्नुभएको छ । सो सम्झौतापत्रमा खेलमैदान २५ वर्षको लिज क्लबलाई दिने र क्लबले मैदान प्रयोग गरेबापत क्याम्पसलाई वार्षिक रु ५० हजार प्रदान गरिने उल्लेख छ । उहाँले यो खेलमैदान पर्यटनमैत्री बनाउनका लागि वरिपरि जारकाण्डलगायत फूलजन्य एक सय ५० बोटविरुवासमेत लगाइएको बताउनुभयो । उहाँले विगतमा लागुऔषध दुव्यर्सनीहरुको अखेडा भएको स्थानलाई क्रिकेट मैदान बनाउन पाएकामा गौरव लागेको बताउनुभयो ।

वडाध्यक्ष सुब्बाले खेलमैदान बनाउन सुरु भएसँगै नेपाल भारत मैत्रीसँगका तर्फबाट भारतको पश्चिम विहार गलगलिया र भद्रपुरमा रहेको क्रिकेट टिमबीच खेल खेलाउन भारतीय दूतावासले आग्रह गरेर रु पाँच लाख रकमसमेत विनियोजन गरिसकेको बताउनुभयो । उहाँले सो खेलका लागिसमेत तयारी भइरहेको जानकारी दिनुभयो ।