१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध

लोकरिझ्याँईको राजनीति गलत होः मन्त्री गुरुङ

लोकरिझ्याँईको राजनीति गलत होः मन्त्री गुरुङ
file photo
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकरिझ्याँईको राजनीति गलत भएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा विशिष्ट चलचित्रकर्मी परिचय पत्र वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली समाज नै ढोंगी बनिरहेको उल्लेख गर्दै के बोल्दा तत्काल ताली बज्छ त्यही मात्रै बोल्ने क्रमको विकास भएको बताउनु भयो । उहाँले कलाकारको बीचमा पुग्दा म पनि कलाकार थिएँ भन्ने र मजदुरको कार्यक्रममा जाँदा म पनि मजदुर नेता थिएँ जस्ता लोकरिभm्याँईका अभिव्यक्ति दिनु नहुने बताउनु भयो । उहाँले नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै नचाहिने भन्दै निर्वाचन जितेपछि र पार्टी एवं नेताको नजरमा परेपछि मन्त्री बन्ने परम्परा गलत रहेको बताउनु भयो ।सही पात्र नपाउँदा देश विकास हुन नसकेको मन्त्री गुरुङको भनाइ छ । उहाँले विषय विज्ञहरुलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो समाज नै ढोंगी समाज भयो । समाज एकदम ढोंगी समाज छ । मैले के बोलिदिँदा तत्काल ताली आउँछ, त्यही मात्रै भनिदिने । भोलिको दिन के काम गर्नुपर्छ भन्नेकुरा बिर्सिने । हामी जस्ता नेताको काम त्यही भइरहेको छ । त्यसकारण यो ढोंगी चिजहरु नगरौँ भन्ने मान्यता मेरो हो । कलाकारको बीचमा आयो म पनि कलाकार नै थिएँ । मजदुरको बीचमा गयो भने म पनि मजदुरकै नेता नै थिएँ भन्दिने । लोकरिझ्याँईको पोलिटिक्स गलत कुरा हो । जे सही हो सही भन्नुपर्छ, जे गलत हो गलत भन्नुपर्छ । हामी जस्तो मन्त्रीहरु सबै बुझेको छु भन्छ । हाम्रो नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन । तपाईंहरुले जिताइदिएपछि पुगिहाल्यो । त्यो मन्त्रालय चलायन यति क्वालिफिकेशन, अनुभव, योग्यता चाहिन्छ भन्नेकुरा केही पनि छैन । चुनाव जितेर आएर पार्टी र नेताले मन पराएपछि भइहाल्यो । त्यो हाम्रो विभिन्न क्षेत्र अस्तव्यस्त भएको कारण नै के हो भने त्यसले सही पात्र नै पाएको छैन । खेलकुदको ख नबुझ्नेहरु जहिले पनि खेलकुदमन्त्री बनिरहेको देख्छु म । वन नै नबुझेको मान्छेहरु वनमन्त्री भइरहेको हुन्छ । त्यस्तै त्यस्तै म पनि त्यही भित्र पर्छु जस्तो लाग्छ मलाई । म यो सञ्चारको धेरै कुरा नै बुझेको छैन । म जे गर्छु, जनताका लागि गर्छु । जनतालाई नढाँट्ने, जति सकिन्छ त्यति मात्रै गर्ने भन्ने । चलचित्र विकास बोर्डको विधेयक पुराना छन्, आजको दिनमा चल्नसक्ने ऐन बनाउनु छ । मन्त्रालयले ड्राफ्ट गरिसकेको छ, अब क्याबिनेटमा जान्छ ।’

मन्त्री गुरुङ नयाँ चलचित्र ऐन, २०८१/०८२ भित्र ल्याइसक्ने प्रतिवद्धता जनाउनु भयो ।