नेपालका उद्याेग बाणिज्य संस्थाहरूकाे छाता संस्था नेपाल उद्याेग बाणिज्य महासंघकाे साधारण सभा र निर्वाचन यस वर्ष हुँदैछ । यस निर्वाचनमा उम्मेदवारी दिन चाहने व्यक्तिका लागि उम्मेदवारी दर्ता प्रकृया शुरू भएकाे छ । बुधबार महासंघकाे वरिष्ट उपाध्यक्ष पदमा उद्यमी एवं महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उम्मेदवारी दिनुभयाे ।