९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका जारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका जारी गरेको छ । धान भित्र्याउने बेलामा सरकारले तोकेको समर्थन मूल्यअनुसार किसानले मूल्य नपाएको गुनासो आउन थालेपछि त्यसलाई कडाइसाथ पालन गराउन निर्देशिका जारी गरिएको हो । सरकारले यस वर्ष धान रोपाइँ हुनुभन्दा पहिले नै मोटा धानको प्रतिक्विन्टल दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल दुई हजार ८८५ रुपियाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो । यो निर्देशिकाबमोजिम सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यअनुसार सहकारीहरूले खरिद गर्ने छन् । किसानको धान खरिद गरेबापत सरकारले खरिदकर्ता सहकारीलाई अनुदान दिने भएको छ ।
यो निर्देशिकाबमोजिम न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने खरिदकर्ता (सहकारी)लाई उपज लोड र अनलोड, ढुवानी, प्याकेजिङ बोरालगायतको खर्च व्यवस्थापनका लागि खरिद गरिएको धानको प्रतिक्विन्टल ११२ रुपियाँका दरले सरकारले उपलब्ध गराउने छ ।

यसअन्तर्गत सहकारीलाई एक सिजनमा अधिकतम पाँच हजार मे। टनसम्मका लागि मात्र सहुलियत उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ । एउटै सहकारीले यो परिमाणभन्दा बढी खरिद गर्नुपरे जिल्ला कार्यान्वयन समितिको सिफारिस लिनुपर्ने हुन्छ । मन्त्रिपरिषद्ले कृषि मन्त्रालयले तोकेको मूल्यमा किसानले धानको बजार पाउने व्यवस्थाका लागि सहकारीहरूलाई सहयोग दिने निर्णयसँगै निर्देशिका पनि पारित गरेको मन्त्रालयका उपसचिव डा. गङ्गादत्त आचार्यले बताए । कृषिमन्त्री घनश्याम भुसालले ल्याएक ‘सुरक्षित कृषि–सुनिश्चित बचत’का पाँच नीतिगत आधारमध्ये न्यूनतम समर्थन मूल्यमा किसानको उत्पादन बिक्री हुने व्यवस्था गरिएको छ । मूल्य निर्धारण एवं उपजहरू भण्डारणमार्फत कृषि उपजको बजार मूल्य स्थिरता कायम गर्ने निर्देशिकाको उद्देश्य रहेको छ ।
निर्देशिकाबमोजिम सञ्चालन हुने धान खरिद कार्यक्रमको कार्यान्वयन तथा समन्वयका लागि प्रदेशअन्तर्गतको जिल्लास्थित कृषि हेर्ने कार्यालयका प्रमुखको संयोजकत्वमा जिल्ला कार्यान्वयन समिति गठन गरिएको हुन्छ । त्यस्तै निर्देशिकाबमोजिम सञ्चालन हुने धान खरिद कार्यक्रमको नीतिगत मार्गदर्शनको कृषि मन्त्रालयका सचिवको संयोजकत्वमा निर्देशक समिति पनि गठन हुनेछ । खरिदकर्ताबाट खरिद भएको धानको परिमाणसहितको विवरण उत्पादक कृषकलाई उपलब्ध गराउनुपर्ने छ । उत्पादक कृषकबाट धान खरिद भएको १५ दिनभित्र खरिदकर्ताले सम्बन्धित कृषकको बैङ्क खातामा रकम भुक्तानी दिनुपर्ने छ ।

करिब १७५ सहकारीले करिब डेढ लाख मेट्रिक टन धान खरिद गर्नसक्ने आशय मन्त्रालयमा व्यक्त गरिसकेको उपसचिव आचार्यले बताए । उनका अनुसार अब मन्त्रालयले सूचना प्रकाशित गरी सबै सहकारीलाई आह्वान गर्नेछ । धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी भए बिचौलियाका कारण किसानलाई हुने घाटा रोकिने विश्वास लिएको छ । गोरखापत्र दैनिक