२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

गोर्खा ब्रुअरीद्वारा कर छल्न अदालतमा मुद्द दर्ता, न्यायाधीशलाई समेत प्रलोभनमा पारेर कर छली धन्दा

गोर्खा ब्रुअरीद्वारा कर छल्न अदालतमा मुद्द दर्ता, न्यायाधीशलाई समेत प्रलोभनमा पारेर कर छली धन्दा
अ अ+ अ-

काठमाडौं । नेपालको बजारमा बढी हिस्सा जमाउँदै आएको खेतान गु्रपद्वारा सञ्चालित बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले कर छल्न विभिन्न अदालतमा मुद्दा दर्ता गर्दै आएको पाइएको छ । ब्रुअरी विभिन्न न्यायाधीशलाई प्रलोभनमा पारेर कर छली धन्दामा सफलसमेत हुँदै आएको छ । यसअघि कर छली गरी राष्ट्रिय सम्पत्तिमा क्षति पु¥याउन खोज्ने गोर्खा ब्रुअरीको बदमासीलाई साथ दिँदा उच्च अदालत पोखराका तीन न्यायाधीशको जागिर गएको थियो । गोर्खा बु्रअरीको अन्तःशुल्कको विवाद विगत ६ वर्षदेखि चल्दै आएको छ । उसले नेपालमा उत्पादन गर्ने काल्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियरमा माल्ट (प्रशोधित जौ) नभई कनिकाको मात्रा धेरै प्रयोग गरेको ठहर गर्दै आन्तरिक राजस्व विभागले बियरको मान्यता नदिई लोकल रक्सीमा रूपान्तरण भई हाल विवादमा आएको सो कम्पनीले यसअघिका वर्षमा अन्तःशुल्क कम तिर्न अदालतमा मुद्दा हाल्दै आएको थियो । गोर्खा ब्रुअरीको विवाद नयाँ होइन । अहिले पनि राजस्व न्यायाधिकरण र सर्वोच्च अदालतमा तीनवटा आर्थिक वर्षमा कर कार्यालयले निर्धारण गरेको अन्तःशुल्कको मुद्दा विचाराधीन रहेको छ । आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ को मुद्दा राजस्व न्यायाधीकरणमा विचाराधीन रहेको छ । जसमा कर कार्यालयले आर्थिक वर्ष २०७०/७१ मा ७ करोड १८ लाख र २०७१/७२ मा १५ करोड ६१ लाख रुपैयाँ कर निर्धारण गरेको थियो ।

२०७६ जेठको पहिलो साता आन्तरिक राजस्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई ८८ करोड रूपैयाँ कर निर्धारण गर्यो। गोर्खा ब्रुअरीले बियर उत्पादन गर्दा खेर गएको कच्चा पदार्थ ९जर्ती० धेरै कटाएको भन्दै कर कार्यालयले २०७३ देखि २०७५ सालसम्मको अन्तःशुल्कबापत यो रकम निर्धारण गरेको थियो । कर कार्यालयले कर निर्धारणको सूचना दिएपछि त्यसको १५ दिनभित्र जवाफ बुझाउनुपर्ने कानुनी व्यवस्था छ। कर कार्यालयले जवाफ चित्त नबुझाएर कर निर्धारण गरिदिए आन्तरिक राजस्व विभागका महानिर्देशकसमक्ष पुनरावलोकनका लागि निवेदन दिने कानुनी व्यवस्था छ । तर, यो व्यवस्था लत्याएर कम्पनीले कर कार्यालयविरुद्ध उच्च अदालत पोखरामा रिट दर्ता गरेको थियो । गोर्खा ब्रुअरी फ्याक्ट्री नवलपुरमा भएकाले उच्च अदालत पोखरा गएको थियो । तर, अदालतले आफ्नो क्षेत्राधिकार नाघेर गोर्खा ब्रुअरी कम्पनीको मुद्दा हेर्दै कर निर्धारण नगर्न आदेश दियो । उच्च अदालत पोखराका न्यायाधीशद्वय जीवनहरि अधिकारी र नरबहादुर शाहीको संयुक्त इजलासले कर निर्धारण नगर्न अन्तरिम आदेश जारी गर्यो । यही अन्तरिम आदेश लिएर कम्पनीका प्रतिनिधि कर कार्यालय पुगे, कर निर्धारणको प्रक्रिया रोकिएको थियो । कर कार्यालय भरतपुरले क्षेत्राधिकार मिचेको भन्दै सर्वोच्चमा रिट दर्ता भयो ।

भरतपुर कर कार्यालयले दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले प्रादेशिक क्षेत्राधिकार विषयमा गम्भीर त्रुटि गरी आदेश गरेको भन्दै ‘उच्च अदालतका न्यायाधीशहरु रामचन्द्र यादव, जीवनहरि अधिकारी र नरबहादुर शाहीलाई न्याय परिषद् ऐन २०७३ बमोजिम आवश्यक छानबिन र कारबाही गर्ने प्रयोजनका लागि उच्च अदालत पोखराबाट २० जेठ र १ असारमा गरेको आदेशको प्रतिलिपिसमेत साथै राखी न्यायपरिषद्मा पठाउनू’ भनी आदेश गरेको थियो । न्यायपरिषद् तानिएलगत्तै न्यायाधीश यादव र अधिकारीले राजीनामा दिए । साथै न्यायपरिषद्ले न्यायाधीश शाहीलाई बर्खास्त गरेको थियो । सर्वोच्चको आदेशलगत्तै भरतपुर कर कार्यालयले गोर्खा ब्रुअरीलाई ८७ करोड ९० लाख अन्तःशुल्क निर्धारण गरेको थियो । आन्तरिक राजस्व विभागले ‘गुणस्तर नपुगेको भन्दै बियरबाट लोकल रक्सी’मा घटुवा गरेको गोर्खा ब्रुअरीले नयाँ दर अनुसार ९० करोड रुपैयाँ अन्तःशुल्क चुक्ता नगरेसम्म उसले उत्पादन गरेका वियरलाई बजारमा लैजान रोक लगाएको छ ।

विभागको निर्णयसँगै एक साताअघिदेखि बजारमा बियर जान बन्द भएको छ । गोर्खा ब्रुअरीका टुबोर्ग, गोर्खा र काल्सबर्गका बियर अहिले गोदाममै थन्किएका छन् । गुणस्तरहीन सामान प्रयोग गरेर कम अन्तःशुल्क तिर्दै आएको गोर्खा ब्रुअरीको यो धन्दा करिब ६ वर्षदेखि चल्दै आएको छ । आर्थिक वर्ष २०७२/७३ मा कर कार्यालय भरतपुरले निर्धारण गरेको २९ करोड १६ लाख रुपैयाँ कर निर्धारणविरुद्ध गोर्खा ब्रुअरी सर्वोच्च अदालत गएको थियो । सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजालासले कर असूली प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि गोर्खा ब्रुअरीले अदालतको आदेश देखाउँदै अन्तःशुल्क छल्दै आएको छ । ६ वर्षदेखि अन्तःशुल्कमा विवादमा रहेको गोर्खा बु्रअरीले फरक फरक अदालतमा मुद्दा दायर गरेपछि कर अधिकारीले कर कानुनविपरीतको काम भएको बताएका छन् ।

अझै झुक्याउँदै ठगी गर्ने दाउ
नयाँ अन्तःशुल्क दर कायम भएपछि गोर्खा ब्रुअरीका केही उत्पादन थन्क्याएर अन्यलाई भने बजारमा पठाएर झुक्याउन खोजेको छ । गोर्खा ब्रुअरीले सर्वसाधारणलाई ठगी गर्नकैलागि यसरी झुक्याउने प्रयास गरेपछि आन्तरिक राजस्व विभागका अधिकारी थप सक्रिय भएका छन् । अहिले सो कम्पनीले इन्ग्रिडेन्ट्स परिवर्तन गरेर उत्पादन सुरु गरेको जानकारी कर कार्यालयलाई गराइएको छ । आन्तरिक राजस्व विभागले कर कार्यालयलाई कम्पनीले यसअघि प्रयोग गरेको इन्ग्रिडेन्ट्सको विवरण, उत्पादनको मौज्दात र बजार पठाउन बाँकी बियरको स्टक लिन पनि निर्देशन दिइसकेको छ । राजधानी दैनिक