२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

कोरोनाको संक्रमण दर र मृत्युदर बढ्दै

कोरोनाको संक्रमण दर र मृत्युदर बढ्दै
अ अ+ अ-

काठमाडौँ । कोभिड–१९ बाट देशभर हालसम्मकै धेरै संक्रमण दर २८.५४ प्रतिशत र सबैभन्दा बढी ३१ जनाको मृत्यु भएको छ । यो बुधबार साँझसम्मको विवरण हो । स्वास्थ्य मन्त्रालयले दिउँसोसम्म २६ जनाको मृत्यु भएको जनाएको थियो । एक सय जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा कोभिड देखिएको र एकै दिन हालसम्मकै धेरैको मृत्युको रेकर्ड कायम भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए । मन्त्रालयका अनुसार बुधबार २० हजार ११८ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४३ जनामा संक्रमण देखिएको छ । हाल देशभर ४४ हजार ४७६ अर्थात् ३०.७० प्रतिशत सक्रिय केस छ । यसमध्ये काठमाडौंमा १८ हजार ८३२, भक्तपुरमा १ हजार ३०८ र ललितपुरमा २ हजार ९८९ जना गरी उपत्यकामा मात्रै कुल संक्रिय संक्रमित २३ हजार १२९ जना छन् । देशभर देखिएका कुल सक्रिय संक्रमितमध्ये ५२ प्रतिशत उपत्यकामा छन् । बुधबार थपिएका नयाँ संक्रमितमध्ये ३ हजार १०७ अर्थात् ५४.१० प्रतिशत काठमाडौं उपत्यकामा छन् । हाल ३५६ जना सघन उपचारमा छन् । यसमध्ये २६९ जना आईसीयू र ८७ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा सबैभन्दा बढी १५२ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा छन् ।

हाल मुस्ताङ मात्र सक्रिय संक्रमित शून्य रहेको जिल्ला हो । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका १५ वटा जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलाली छन्  कोरोना संक्रमणबाट बुधबार हालसम्मकै धेरै ३१ जनाको मृत्यु पुष्टि भएको छ । उपत्यकाका मात्रै १३ जना छन् । सुनसरीको गढी–४ की उच्च रक्तचापकी ५५ वर्षीया महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएकी उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए । सुनसरीको बराहक्षेत्रका ६८ वर्षीय पुरुषको पनि मंगलबार राति मृत्यु भएको छ । मधुमेह र उच्च रक्तचापका रोगी उनको होम आइसोलेसनमा मृत्यु भएको हो । धरान–१६ का ९० वर्षीय वृद्धको पनि मृत्यु भएको छ । उनी उच्च रक्तचाप र मधुमेहका दीर्घरोगी थिए ।

धनगढीमा तीन जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा डोटी केआई सिंह–४ का ५० वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपसिंह श्रेष्ठले बताए । रगतमा इन्फेक्सन भएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । उनी डोटीबाट कांग्रेसका महाधिवेशन प्रतिनिधि थिए । धनगढी–२ का ६५ वर्षका पुरुषको बाटामै मृत्यु भएको छ । होम आइसोलेसनमा रहेका उनको स्वास्थ्यमा समस्या भएपछि मंगलबार राति सेती अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो । मंगलबार राति नै भारतको लखनउमा धनगढीका ६० वर्षीय व्यापारीको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुटवल–११ का ४७ वर्षीय र बुटवल–१७ मोतीपुरका ८१ वर्षीय वृद्धको बुधबार मृत्यु भएको छ । ४७ वर्षका पुरुषमा असोज २४ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । मोतीपुरका वृद्ध असोज २७ गते पोजिटिभ नतिजा आएपछि अस्पताल ल्याइएका थिए । दुवै जना भेन्टिलेटरमा उपचाररत थिए । त्यसैगरी, रुपन्देहीको तिलोत्तमा–५ का ४७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । मणिग्रामस्थित क्रिमसन अस्पतालमा उनको मृत्यु भएको तिलोत्तमा आइसोलेसन प्रमुख केशव भट्टराईले बताए । रुपन्देहीकै ४१ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा बगनासकाली–७ का ७८ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनी दम र सुगरबाट ग्रस्त थिए । चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा रत्ननगर–१३ का ४० वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनी असोज २३ मा ज्वरो तथा निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएका थिए । उनी क्यान्सर रोगको पनि उपचार गराइरहेका थिए । नवलपरासीका ७५ वर्षीया महिला, महोत्तरीकी ६० वर्षीया महिला, धादिङकी ८६ वर्षीया महिला, म्याग्दीका ८५ वर्षीय पुरुष, नुवाकोटकी ७० वर्षीया महिला र कञ्चनपुरका २४ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ । भक्तपुरमा ७४ र ७२ वर्षीय पुरुष र ४२ वर्षीया महिला तथा ललितपुरका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ८१, ८६, ७४, ६२, ६७, ६३, र ५१ वर्षीय पुरुष तथा ७६ र ४९ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कान्तिपुर दैनिक