काठमाडौँ । ललितपुरमा मोर्निङ वाकमा निस्केका दुई जनालाई पिकअप भ्यानले ठक्करदिँदा एक जनाको मृत्यु र अर्का एक जना घाईते भएका छन् । बा १२ च ४२२८ नम्बरको पिकअपले बालकुमारी पुलमुनि दुई जनालाई ठक्कर दिएर फरार भएको थियो ।
मृत्यु हुनेमा बाबुकाजी महर्जनको निधन भएको छ भने इमाडोलका ७० वर्षीय भाटलाल महर्जन घाइते छन् । उनको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।
अहिले ठक्कर दिएर फरार सो पिकअप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईका अनुसार जीपलाई कालोपुलबाट नियन्त्रणमा लिइएको हो । यद्यपि, चालक भने फरार रहेका छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।











