काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिब तथा अर्थमन्त्री विष्णु पौडेलको नामबाट नक्कली इमेल आइडी बनाई विभिन्न व्यक्तिहरूलाई गलत र भ्रामक सन्देशहरु पठाएको पाइएको छ। नक्कली इमेल आइडीबाट जथाभाबी इमेल सन्देश प्रवाह हुन थालेपछि मन्त्री पौडेलको स्वकीय सचिव यम पाण्डे सामाजिक संञ्जाल फेसबुक मार्फत नक्कली इमेल आइडी बाट आएका सन्देशहरु बाट प्रभावित नहुन र मन्त्रीज्यूको नामबाट त्यस्तो कुनै सन्देश प्राप्त भएमा मन्त्रीज्यूको सचिवालयसम्म पुर्योएर सहयोग गरिदिनुहुन अनुरोध गर्नुभएको छ ।
नक्कली आइडी विरुद्ध प्रहरीमा साइबर सेलमा निवेदन दर्ता गरिएको जानकारी दिदै पाण्डे ले मन्त्री पौडेलको नामको आधिकारिक इमेल आइडीबाट आएका सन्देशलाई मात्र आधिकारिक मान्न अनुरोध गनुभएको छ ।