१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य दम्पती कोरोना संक्रमण मुक्त



अ+ अ-

काठमाडौं । वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र पत्नी रमिला आचार्य कोरोना संक्रमण मुक्त भएका छन् ।  होम आइसोलेसनमा बसेका आचार्य दम्पतीले घरमै बसेर कोरोनालाई जित्न सफल भएका हुन् । उनीहरुमा गत असोज २० गते पीसीआर परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । 

हरिवंश आचार्यले कोरोना संक्रमण मुक्त भएपछि फेसबुक मार्फत स्वास्थ लाभको कामना गर्नेहरु सबैलाई धन्यवाद व्यक्त गरेका छन् । आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी आचार्यले सामाजिक सञ्जालबाट दिएका थिए । 

उनले भने,'कोरोना संक्रमण ब्यापक रुपमा फैलिएकाले यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं।'