१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्त्री ओलीबाट पूर्व सभामुख ढुङ्गानालाई सम्मानसहित अन्तिम बिदाइ



अ+ अ-

काठमार्डौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवंगत पूर्व सभामुुख दमननाथ ढुुङ्गानाको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ अन्तिम सम्मान गर्नुभएको छ ।

ढुुङ्गानालाई श्रद्धाञ्जली दिन आज उहाँको पार्थीव शरीर राखिएको स्थान सानो गौचरण पुुगेर प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले झण्डा र पुष्पगुच्छाबाट सम्मान गर्नुभएको हो ।

श्रद्धाञ्जलीसभामा नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रीगण, विभिन्न पार्टीका नेता कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीले ढुुङ्गाना नेपालको राजनीतिमा बेग्लै प्रभाव छोड्न सफल, अत्यन्त मिलनसार, मृदुुभाषी, सरल र अशल मान्छे हुुनाका साथै सबैका कुुरा सुन्ने व्यक्तित्व हुनुभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ढुुङ्गानामा मुलुुकका लागि व्यवस्थित सोच पाइन्थ्यो भन्दै त्यही भएर सरकारले राष्ट्रिय सम्मानका लागि अन्तिम बिदाइको निर्णय गरेको जनाउनुुभयो । ढुुङ्गानाले देखाउनुुभएको बाटोमा अघि बढ्न आफूहरु प्रतिबद्ध हुने प्रधानमन्त्रीले बताउनुभयो ।

मन्त्रिपरिषद्को आज बिहानको बैठकले ढुुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आजका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।