२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका कार्यकर्ताले उम्मेदवार अपहरण गरेको भन्दै रास्वपाद्वारा निर्वाचन आयोगमा उजुरी



अ+ अ-

काठमाडौँ । आफ्ना उम्मेदवारलाई अपहरण शैलीमा लछारपछार पार्दै अज्ञात स्थलतर्फ लगिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि उम्मेदावारी दिने तयारी गरेकी रास्वपाकी सुजता थापा र उनका श्रीमानलाई लछारपछार पार्दै अज्ञात स्थलतर्फ लगिएको रास्वपाको आरोप छ ।

पार्टीका तर्फबाट कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले दिएको उजुरीमा थापा र उनका श्रीमानलाई शनिबार दिउँसो ४०–५० जनाको समूहले अपहरण शैलीमा अज्ञात स्थलतिर लगेको उल्लेख छ ।

यो कुरा थाहा भएलगतै हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइएको रास्वपाले जनाएको छ । यसअघि पनि अन्य व्यक्तिले यस घटनाको सूचना दिएकोले आवश्यक खोजतलास उद्धारको लागि प्रहरी परिचालन गरिसकेको जवाफ प्रजिअले दिएका थिए ।

‘रास्वपाका उम्मेवार र उहाँको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुनसक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र उहाँ परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुग्नुभएको पाइएको छ’, रास्वपाले निर्वाचन आयोगमा दिएको उजुरीमा भनिएको छ ।

स्थानीय स्रोतलाई उद्धृत गर्दै बुर्लाकोटीले उक्त कार्यमा स्थानीय नेपाली कांग्रेसका सदस्यहरू संलग्न रहेको सूचना प्राप्त भएको बताएका छन् ।

यस्तै, हुम्ला सर्केगाडमा उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका केही सदस्यमाथि समेत दुर्व्यवहारका साथै लछारपछार र कुटपिटसमेत भएको विज्ञप्तीमा जनाइएको छ ।