२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका कार्यकर्ताले उम्मेदवार अपहरण गरेको भन्दै रास्वपाद्वारा निर्वाचन आयोगमा उजुरी



फाइल फोटो
अ+ अ-

काठमाडौँ । आफ्ना उम्मेदवारलाई अपहरण शैलीमा लछारपछार पार्दै अज्ञात स्थलतर्फ लगिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि उम्मेदावारी दिने तयारी गरेकी रास्वपाकी सुजता थापा र उनका श्रीमानलाई लछारपछार पार्दै अज्ञात स्थलतर्फ लगिएको रास्वपाको आरोप छ ।

पार्टीका तर्फबाट कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले दिएको उजुरीमा थापा र उनका श्रीमानलाई शनिबार दिउँसो ४०–५० जनाको समूहले अपहरण शैलीमा अज्ञात स्थलतिर लगेको उल्लेख छ ।

यो कुरा थाहा भएलगतै हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइएको रास्वपाले जनाएको छ । यसअघि पनि अन्य व्यक्तिले यस घटनाको सूचना दिएकोले आवश्यक खोजतलास उद्धारको लागि प्रहरी परिचालन गरिसकेको जवाफ प्रजिअले दिएका थिए ।

‘रास्वपाका उम्मेवार र उहाँको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुनसक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र उहाँ परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुग्नुभएको पाइएको छ’, रास्वपाले निर्वाचन आयोगमा दिएको उजुरीमा भनिएको छ ।

स्थानीय स्रोतलाई उद्धृत गर्दै बुर्लाकोटीले उक्त कार्यमा स्थानीय नेपाली कांग्रेसका सदस्यहरू संलग्न रहेको सूचना प्राप्त भएको बताएका छन् ।

यस्तै, हुम्ला सर्केगाडमा उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका केही सदस्यमाथि समेत दुर्व्यवहारका साथै लछारपछार र कुटपिटसमेत भएको विज्ञप्तीमा जनाइएको छ ।