२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने थप एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लामामाथि आक्रमण गरेको आरोपमा गोरखाको फुजेल घर भएका निश्चल सुनारलाई पक्राउ गरको हो । सुनारलाई झापाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

यसअघि प्रहरीले आक्रमण गर्ने समूहका ‘मार्शल’ भनिने शैलेन्द्र तामाङलाई पक्राउ गरेको थियो । नुवाकोटको ककनी गाउँपालिका–६ घर भई टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्दै आएका ३५ वर्षीय लामामाथि लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा ४ जना मिलेर रड प्रहार गरेर निर्घात कुटपिट गरेका थिए ।

आक्रमणमा संलग्न रहेका अजय लामा र दीपक बरामु भने अझै फरार रहेका छन् । प्रहरीले उनीहरुमाथि ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान गरिरहेको छ ।