काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्तहुनेको संख्या एक लाख नाघेको छ। बिहिबार ३ हजार २ सय १५ जना डिस्चार्ज भएसंगै निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।
आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ।











