काठमाडौं । आज नवरात्रीको सातौँ दिन सप्तमी अर्थात् फूलपाती हो । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।











