१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा दरबारबाट फूलपाती आउँदै, गुरुजुको पल्टनले स्वागतपछि हनुमान ढोका लगिने



अ+ अ-

गोरखा । गोरखा दरबार बाट राजधानीको हनुमान ढोका दरबारमा लागि लागि फुलपाती पठाईएको छ । गोरखा दरबारको दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका  लागि बिहान ९ः१० को बिहानीको साईतमा फूलपाती पठाइएको गोरखा दरबार  हेरचाह  कार्यलयले जानकारी गराएको छ ।

कारोना सक्रमणका कारण औपचारिकतका लागि मात्र परम्परालाई निरन्तरता दिनका लागि फुलपाती हनुमान ढोका पठाईएको हो । केही बर्ष पहिले सम्म गोरखादरबारका सुसारेले धादिङ्गको जीबनपुर हुदै काठमाडौको जमल सम्म फुलपाती ल्याउने र हनुमाढोका दसैघरमा भित्राउने प्रचनल रहेको थियो ।

तर पछिल्ला केही बर्ष सबारी साधन मार्फत ल्याउने गरिएको छ । गोरखा बाट आएको फुलपाती हनुमान ढोमा भित्राएपछि मात्र  मुलुकभर भित्राउने प्रचलन रहेको छ ।