९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

कोरोनाको खोप बने पनि बृद्धबृद्धालाई दिन सहज छैन किन ?

कोरोनाको खोप बने पनि बृद्धबृद्धालाई दिन सहज छैन किन ?
अ अ+ अ-

 
विलियम पार्क 

कोभिड १९ विरुद्ध खोप तयार भएको कल्पना गरौँ । खोप बनेको अवस्थामा विश्व नेताहरूसँग त्यो कसरी मानिसहरूसम्म पु¥याउने भन्नेबारे विकल्पहरू हुनेछन् । जस्तै बिरामीको समीपमा हुने नर्स, डाक्टर र स्याहारमा खटिने कर्मचारीसहित सबैभन्दा जोखिमयुक्त वर्गमा पर्ने मानिसहरूलाई सबैभन्दा पहिले सुरक्षा दिनुपर्ने हुन्छ । 

तर त्यसो गर्न सजिलो छैन । ज्येष्ठ उमेर समूहका मानिसलाई खोप दिनु सहज कुरा हैन । क्यानडाको यूनिभर्सिटी अफ ग्वेल्फमा खोप विज्ञानका प्राध्यापक सायन सरिफ भन्छन– बूढाबूढीका लागि सोचेर बनाइएका खोपहरू हामीसँग निकै कम छन् । गत शताब्दीमा धेरैजसो खोप बाल्यकालमा लाग्ने रोगलाई लक्षित गरेर तयार पारिएका छन् । 

वयस्क अवस्थामा देखिने मेनिन्जाइटिस वा ह्यूमन प्यापिलोमा भाइरसजस्ता केही रोगका लागि एक, दुईवटा खोपहरू छन् ।अन्यथा रोगप्रतिरक्षासम्बन्धी विज्ञान बालबालिकाको पक्षमा बढी ढल्किएको छ ।
“बाल्यकालमा लाग्ने रोगबारे हामीसँग प्रशस्त ज्ञान छ,“सरिफले भने । “तर युवा, अधबैँसे र बूढाबूढीमा लाग्ने रोगबारे हामीसँग धेरै अनुभव छैन ।”

ज्येष्ठ नागरिकमा खोप दिने कामको जटिलता बुझ्न हामीले उनीहरूको प्रतिरक्षा प्रणालीको फरकपन बुझ्नुपर्छ । धेरैजसो सरुवा रोगको असर उमेर ढल्किँदै गरेका मानिसमा तन्नेरीमा भन्दा बढ्ता देखिन्छ । बुढ्यौलीमा जोखिम निम्त्याउने पक्ष धेरै हुन्छन् ।  

कोभिड १९ विरुद्धको खोप उपलब्ध हुँदैमा जनजीवन छिटै सामान्य बन्ला ? यो प्रश्न त अनुत्तरित नै छ । खोप आए पनि कोरोनाभाइरसका कारण २० लाख जनाको मृत्यु हुनसक्ने चेतावनी दिइआएका छन् । 

प्रतिरक्षा प्रणाली एकअर्कासँग अन्तरसम्बन्धित कोशिकाहरूको एउटा निकै जटिल सञ्जाल हो । यदि त्यसले कहीँकतै काम गरेको छैन भने त्यसले गम्भीर अवस्थामा स्थिर रहने प्रतिरक्षा प्रणालीलाई असर पु¥याउँछ ।

संक्रमण हुँदा शरीरले आफ्नो प्रतिरक्षाका लागि एन्टिबडी बनाएर कीटाणुलाई आक्रमण गर्छ । संक्रमण हुँदा शरीरले आफ्नो प्रतिरक्षाका लागि एन्टिबडी बनाएर कीटाणुलाई आक्रमण गर्छ । सबैजसो खोपहरूले रोगबाट जोगाउन सक्नुपर्छ, सबै खोपले संक्रमण रोक्दैनन् ।

सबैजसो खोपहरूले रोगबाट जोगाउन सक्नुपर्छ, तर सबै खोपले संक्रमण रोक्दैनन् । खोपको उद्देश्य हाम्रो प्रतिरक्षा प्रणालीलाई सबल पारेर रोग लगाउने तत्त्वको प्रभावमा आउनुअगावै प्रभावकारी रोग प्रतिरोधक तत्त्व (एन्टिबडी) विकास गर्नु हो ।

कसमा कोभिड १९ को प्रभाव प¥यो भनेर जाँच्नलाई गरिएका थुप्रै एन्टिबडी परीक्षणबारे समाचारहरूमा आउने गरेका छन् । तर सबै एन्टिबडीले काम गर्दैनन् । कोभिड, १९ गराउने सार्स कोभ २ बाट संक्रमित भएका सबैमा समेत एन्टिबडी बन्दैन र कतिपयमा तिनको आयु निकै कम समयको हुनेगर्छ । खोप विज्ञानको चुनौती नै यस्ता सबै कोशबीच स्थिर हुनेगरी काम गर्ने उपाय निकाल्नु हो ।

यूनिभर्सिटी अफ इन्स्सब्रकका बिर्गिट विन्वर्गरले बुढ्यौलीको प्रतिरक्षा प्रणाली र खोप विज्ञानबारे अध्ययन गरेका छन् । “सबै प्रकारका कोशहरूको काममा ह्रास आइरहेको हुन्छ,” उनी भन्छन् ।
“तिनले फरकफरक साईटोकाईन (प्रतिरक्षा कोशबीच सम्बन्ध राख्ने प्रोटीन) उत्पादन गर्छन् । अनि हामीले बुझ्नुपर्ने कुरा के छ भने ती कुनै पनि कोशहरूले आफैँ काम गर्दैनन् ।” जीवनका उत्तरार्द्धमा त्यसमा त्यहाँनिर समस्या आउँछ ।

“त्यसबेला जब नयाँ रोग कारक तत्त्वसँग संसर्गमा आइन्छ, त्यससँग जुझ्ने क्षमता निकै कमजोर भइदिन्छ ।” एकै उमेर समूहमा पनि कोही मानिसहरू अरूभन्दा राम्रा र तन्दुरुस्त देखिन्छन् । उमेरसँगै प्रतिरक्षा प्रणाली कमजोर हुँदै जाने भए पनि त्यसै सबै मानिसहरूलाई समान असर गर्दैन । त्यस्तो बेला मानिसहरू आफू भाग्यमानी भएको वा शरीरमा उचित रूपमा जीनको संयोजन भएकोमा खुसी हुन्छन् ।

दुःखी हुनुपर्ने कुरा मात्र छैन । किनभने हाम्रो प्रतिरक्षा प्रणालीको कोही भाग उमेरसँगै सुधार समेत हुँदै जान्छ । कोरोनाभाइरस महामारी फैलिएको बेला मानसिक स्वास्थ्यको ख्याल कसरी गर्ने यूनिभर्सिटी अफ ग्वेल्फका सायन सरिफ भन्छन “हाम्रो प्रतिरक्षा प्रणालीमा केही त्यस्ता कोशिकाहरू छन् जो बढ्दो उमेरसँगै झन् बलियो बन्छन् ।”

“यदि हामी थुप्रै रोगकारक तत्त्वको सम्पर्कमा आयौँ भने हामीमा प्रतिरक्षाको एकखाले स्मरण बन्छ र रोगसँग जुझ्न हामीसँग कोशिकाहरूको भण्डार आवश्यक पर्दैन ।” पहिलो चरणमा केही सीमित मानिसहरूमा त्यसको सुरक्षा जाँच गरिन्छ । दोस्रो चरणमा खोपबाट खोजिएजस्तो प्रतिक्रिया पाइने या नपाइनेमा त्यसको गुणदोष केलाइन्छ ।

अनि तेस्रो चरणमा त्यसले रोगबाट साँच्चिकै जोगाइरहेको छ कि छैन भनेर प्रभावकारिता जाँचिन्छ । खोपमा केही सम्झौताहरू हुन्छन् । त्यो कुनै मानिसहरूको समूहमा राम्ररी काम गर्न सक्छ भने अन्य कुनैमा त्यो काम नगर्न समेत सक्छ ।

अहिले कोभिड १९ विरुद्धका धेरै खोपको परीक्षण भइरहेको छ । तीमध्ये धेरै स्वीकृत पनि हुन सक्छन् । कुनै बूढाबूढीका लागि काम गर्न सक्छ भने कुनै अन्यका लागि । कुनै पनि खोप पूरै उत्तम भन्ने हुँदैन । सरिफ भन्छन “शतप्रतिशत प्रभावकारिता दिने कुनै खोप छैन… एउटा पनि छैन ।”

जब सबै खोपहरू स्वीकृत हुन्छन् तिनले रोगबाट जोगाउने देखाउन सक्नुपर्छ, तर सबै खोपले संक्रमण रोक्दैनन् । खोप लगाएका व्यक्तिमा अझै भाइरस रहन सक्छ र उसले आफू आसपासका मानिसमा सङ्क्रमण फैलाउन सक्ने जोखिम रहन्छ । हामीले मानिसहरूमा कसरी र केका आधारमा खोप लगाउने भन्ने कुरा यस्ता विषयसँग जोडेर हेर्नुपर्छ । स्रोत ः बीबीसी