• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले बजेटको आकार वृद्धि ★   बजेटले आशा जगाउन सकेन: राजेन्द्र लिङ्देन ★   शान्ति कोष स्थापना गर्न रु एक अर्ब ★   किर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिलाई तिब्रता दिइने ★   सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय ★   सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने ★   आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आकार १८ खर्ब ६० अर्ब ३० रुपैयाँ-पूर्णपाठ सहित ★   आर्थिक वर्ष २०८१/०८२ को बजेटको ५ प्राथमिकता ★   भौतिक पूर्वाधारमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन ★   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड

काठमाडौंका मुख्य चोक-चोकमा किसानका खसीबोका, हेरौ यी तस्विर



काठमाडौं । काठमाडौं उपत्यकामा यसपटक किसानले ल्याएको खसीबोका न्यून देखिएको छ । 

कोभिड १९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले प्रयाप्त संख्यामा खसीबोका विक्रीका लागि ल्याउन सकेका छैनन् । काठमाडौंमा नजिकका जिल्लाहरु धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोक लगायतका जिल्लाबाट किसानहरुले सिधै खसीबोका ल्याएर विक्री गर्ने गरेका छन् ।

आजको दिन काठमाडौंका मुख्य चोकहरुमा पुग्दा किसानहरुले खसीबोका विक्रीका लागि राखेको देखिन्छ । तर यसपटक गत वर्ष जस्तो व्यापार नभएको किसानहरुले बताएका छन् । कोरोना संक्रमणको जोखिमका कारण प्रयाप्तसंख्यामा खसीबोका ल्याउन समेत नसकेको उनीहरुले बताए । यसरी काठमाडौं आइपुग्ने खसीबोकाको विक्री वितरण अनौपचारीक रुपमा हुने र अन्य व्यवसायीहरुले काठमाडौंमा ल्याएर विक्री गर्नेभन्दा सस्तोमा पाउने भएकाले पनि ग्राहकको भिड लाग्ने गरेको छ । तर यसपटक कोरोनाको संक्रमण जोखिमका कारण ग्राहकको भिड पनि देखिएन । धेरैवर्ष देखि काठमाडौंमा यसैगरी दशैंको समयमा खसीबोका विक्री गर्दै आएका किसानहरुले गाउँमा समेत खसीबोकाको मूल्य बढेको र प्रयाप्त मात्रामा नपाइएका कारण ग्राहकले गतवर्ष भन्दा भढी मूल्य तिर्नुपर्ने बताए ।
 
काठमाडौंमा यसरी किसानले स्वयं खसीबोका विक्री गर्दा पशुचौपायाँको विक्री गर्दै आएका विभिन्न व्यवसायीक संस्थाहरुले भने विरोध गर्ने गरेका छन् । तर काठमाडौंका ग्राहकले सिधै किसानसँग किन्न पाइने र खसीबोका निरोगी हुने साथै ठगिने डर कम हुने भन्दै आकर्षण देखाउने गरेका छन् । किसानहरुले काठमाडौंमा षष्ठिको दिन खसीबोका ल्याउने र नवमिको दिन सम्म विक्री गर्ने गरेका छन् ।