८ पुष २०८२, मंगलवार
,
Latest
आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह भ्रममा परेर तरंगित नहुन ईश्वरको ओलीलाई सुझाव जीवन्त सङ्ग्रहालय निर्माण गर्न महोत्सव बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायलयप्रति जनआस्था कायम हुन्छ- प्रधानन्यायाधीश राउत रवि र बालेन भेट: ५ घण्टा के भयो कुरा ? यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य सालपा विकास बैंकले ‘आइपिओ’ जारी गर्दै संविधान संशोधन नगरी मुलुकले निकास पाउँदैनः अध्यक्ष यादव कञ्चनपुर कारागारका नाइकेसहित १३ कैदी स्थानान्तरण चिसोमा तातेको राजनीतिः जेनजी आन्दोलन, ओली देउवा भेट, सर्वपक्षीय बैठक र सेनाको स्पष्टोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं साँखुमा आलुखेती, किसानहरु निस्फीक्री खेतमा



अ+ अ-

काठमाडौं । काठमाडौंको उत्तरपूर्वी क्षेत्र हिउँदे आलुको लागि प्रख्यात छ । किसानहरुले यो वर्षको आलु रोपेर हरियो भइसकेको छ ।  

काठमाडौंको शहरी क्षेत्र कोरोना संक्रमणको जोखिमसँग जुधिरहेको समयमा काठमाडौंको साँखु क्षेत्रका जनता भने हिउँदे आलुको गोडमेलमा व्यस्त देखिएका छन् । बाहिरी मान्छे कमै पुग्ने अनि संक्रमणको जोखिम पनि कम भएकोले किसानहरु निस्फीक्री खेतमा काम गरिरहेका छन् । 

काठमाडौंको साँखु क्षेत्रको आलुको बजार हिस्सा ठूलो नभएपनि वषौंदेखि व्यवसायिक खेती नै हुदै आएको छ । उपभोक्ताले धेरै रुचाउने र बजारको समस्या नभएको कारण किसानहरुले आलु खेती गर्दै आएको बताएका छन् । बढ्दो शहरीकरणको असर साँखु क्षेत्रमा पनि परेको छ । 

खेती योग्य जमिन प्लटिङ्ग गरी घडेरीमा परिणत हुन थालेपछि किसान चिन्तित बनेका छन् । सरकारले ल्याएको भू–उपयोग नीतिले यस्ता खेतीयोग्य जमिनको खण्डीकरण रोक्न सके साँखु क्षेत्रको मौलिक कृषि प्रणाली जोखिने छ ।