१ असार २०८३, सोमबार
,
Latest
डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं साँखुमा आलुखेती, किसानहरु निस्फीक्री खेतमा



अ+ अ-

काठमाडौं । काठमाडौंको उत्तरपूर्वी क्षेत्र हिउँदे आलुको लागि प्रख्यात छ । किसानहरुले यो वर्षको आलु रोपेर हरियो भइसकेको छ ।  

काठमाडौंको शहरी क्षेत्र कोरोना संक्रमणको जोखिमसँग जुधिरहेको समयमा काठमाडौंको साँखु क्षेत्रका जनता भने हिउँदे आलुको गोडमेलमा व्यस्त देखिएका छन् । बाहिरी मान्छे कमै पुग्ने अनि संक्रमणको जोखिम पनि कम भएकोले किसानहरु निस्फीक्री खेतमा काम गरिरहेका छन् । 

काठमाडौंको साँखु क्षेत्रको आलुको बजार हिस्सा ठूलो नभएपनि वषौंदेखि व्यवसायिक खेती नै हुदै आएको छ । उपभोक्ताले धेरै रुचाउने र बजारको समस्या नभएको कारण किसानहरुले आलु खेती गर्दै आएको बताएका छन् । बढ्दो शहरीकरणको असर साँखु क्षेत्रमा पनि परेको छ । 

खेती योग्य जमिन प्लटिङ्ग गरी घडेरीमा परिणत हुन थालेपछि किसान चिन्तित बनेका छन् । सरकारले ल्याएको भू–उपयोग नीतिले यस्ता खेतीयोग्य जमिनको खण्डीकरण रोक्न सके साँखु क्षेत्रको मौलिक कृषि प्रणाली जोखिने छ ।




भर्खरै