१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार थपिए कोरोनाका ४ हजार ४ सय ९९ जना संक्रमित



अ+ अ-

काठमाडौँ । नेपालमा शुक्रबार ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १६ हजार ८ सय ६३ जनाको पिसिआर परिक्षणमा ४ हजार ४ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो । 

प्रवक्ता  डा. गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको बताएका छन् । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४६ हजार ६९१ पुगेको छ ।

यस्तै शुक्रबार कोरोनामुक्त भएर २ हजार ६ सय ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना पुगेको छ ।