• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो संसद बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै ★   लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ ★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

काठमाडौंको दशैं घरमा ​​​​​भित्र्याइयो फूलपाती, हेरौं यी तस्बिर



काठमाडौं । आज नवरात्रीको सातौं दिन अर्थात फुलपाति । घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । 

काठमाडौंको दशैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ । गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमलमा पुगि डोलामा राखि फूलपाती हनुमान ढोका ल्याएका थिए । फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेस गरिएको हुन्छ । लावालस्कर सहित डोलामा ल्याइएको फूलपातीलाई अपरान्हको साइतमा दशैं घरमा भित्र्याइएको हो । 

दशैं घरमा भित्र्याउनुपूर्व फूलपातीलाई विधिपूर्वक पूजा अभिशेक गरिएको थियो । नवदुर्गाका विभिन्न स्वरुपसँग गासिएको फूलवृक्षका प्रकारहरुमा उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रम्हायणी, धानको बालामा लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार्तिकी, अशोकको फूलमा शोकरहिता, मान वृक्षमा चामुण्डा देवीको बास रहने शाष्त्रीय मान्यता छ । 

दशैं घरमा आज भित्र्याइएको फूलपाती दशमीको दिन टिका जमरासँगै देवीको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ । दशैंघरमा फूलपाती भित्र्याइएपछि नेपाली सेनाले टुडिखेलमा हर्ष बढाईं गर्ने चलन छ । सेनाको हर्ष बढाईं अवलोकन गर्न राष्ट्र प्रमुख, सरकार प्रमुख र विशिष्ट व्यक्तिहरु सरिक हुने चलन छ । काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढेसँगै नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा गर्दै आएको हर्ष बढाईंलाई यो वर्ष समान्य रुपमा सम्पन्न गरेको छ ।