वि.सं. २०७७ साल कात्तिक ७ गते आज शुक्रबार नवरात्रीको सातौं दिन अर्थात फूलपाती । घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौंको दशैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ । गोरखाबाट पठाइएको फूलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमलमा पुगी डोलामा राखी फूलपाती हनुमानढोका ल्याएका थिए ।











