काठमाडौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिरुद्ध बहुमत सदस्यहरुले हस्तक्षर गरेर पद माथी धाबा बोलेपछि चर्किएको कर्णाली कहल अझै सल्टिएको छैन । बिवाद मिलाउन कर्णालीका नेताहरु लाई एक साता काठमार्डौ राखेका शिर्षनेताहरुल्े समस्याको समधान खोज्न फेरी सुर्खेत तीर नै पठाईदिए । केन्द्रिय राजधानीबाट सयुक्त समाधान नदेखेपछि आफना आफना गुटका नेताको
निर्देशन बोकेर सुर्खेत पुगेका नेताहरु शुक्रबार औपचारीक रुपमा बिवादलाई सकाएका छन् । यसैबीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दहालले छुट्टा छुट्टै लिखित निर्देशन दिएपछि कर्णाली कहल भुसको आगोको रुपमा रहेको स्पष्ट हुन्छ । दुई अध्यक्ष को निर्देशन

अध्यक्ष ओलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रमुख सचेतक का सम्बन्धमा कार्तिक ५ गते एक निर्देशन दिनुभयो । अध्यक्ष ओलीले लेख्नु भएको पत्रमा उल्लेख छ–अनुशासित तबरले सचेतकको जिम्मेबारी सम्हालिरहनु भएको र मुख्यमन्त्री बिरुद्ध अबिश्वासको प्रस्ताबमा हस्ताक्षर गर्न असहमत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रदेशशभा दल कर्णालीको प्रमुख सचेतक श्री गुलाबजंङग शाह माथि तपाईले गरेको कारबाही फिर्ता लिन र उहाँलाई पुर्बवत् प्रमुख सचेतकको जिम्मेबारीमा स्थापित गर्न निर्देशित गर्दछु ।
यता अर्का अध्यक्ष दाहालले कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मालाई दलको प्रदेशसभा सदस्यहरुको भाबना र मर्म अनुसार कार्यन्वयन गर्न निर्देशन दिनुभएको छ । शुक्रबार साँझ अध्यक्ष दाहालले निर्देशन दिदै लेख्नु भएको छ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का हामी दुई अध्यक्ष बीच कार्तिक ४ गते मंगलबार बिहान प्रधानमन्त्री निबास बालुवाटारमा भएको भेटघाटमा कर्णाली
प्रदेशको बिषयमा छलफल भई अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न दिने सुझाव दिने समझदारी भएको थियो । सो समझदारी र हाम्रो दलको प्रदेशसभा सदस्यहरुको भाबना र मर्म अनुसार कार्यन्वयन गर्न निर्देशित गर्दछु ।
ओली निकट नेता यामलाल कडेलको अगुवाईमा भएको मुख्यमन्त्री बिरुद्धको अबिश्वास प्रस्ताब अभियानमा सुरमा साथ दिएका माधब नेपाल समुह पछि मुख्यमन्त्रीको पक्षमा उभिएपछि संकट तत्कालका लागि त टर्यो , तर मन मुटाब भने झनै तिब्र बन्दै गएको छ । कर्णालीको झिल्को अन्य प्रदेशमा पनि फैलने तयारीमा रहेको एक सचिवालयमा सदस्यले जानकारी दिनुभयो ।











