२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापतिको निर्देशन



अ+ अ-

काठमाडौँ:  प्रधानसेनापति  अशोकराज सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही कार्यसम्पादन गर्न कानुन अधिकृतलाई निर्देशन दिनुभएको छ ।

नेपाली सेना प्राड विवाक स्थापनाको ६२औँ वार्षिकोत्सवका अवसरमा  आयोजित चारदिने कानुनी गोष्ठी समापन कार्यक्रममा उहाँले कानुन अधिकृतले आफूलाई प्राप्त जिम्मेवारी कानुनी मापदण्डभित्र रहेर सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

सेनामा कार्यरत कानुन अधिकृतको सैनिक न्यायप्रणाली तथा कानुन कार्यान्वयनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष उक्त गोष्ठी आयोजना हुँदै आएको छ । प्राड विवाकका महानिर्देशक उपरथी जीवनप्रसाद दाहाल, पूर्वप्रमुखहरू, नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालयका प्रतिनिधि, उच्च अदालतका पूर्वन्यायाधीशलगायत विषयविज्ञबाट सम्बद्ध विषयमा प्रस्तुतीकरण भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।रासस