२५ श्रावण २०८३, सोमबार
,
Latest
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन जुम्ला यातायात कार्यालयले उठायो एक वर्षमा पौने दुई करोड राजस्व प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट मुस्लिम आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश अर्थमन्त्री डा. वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्नुहुँदै थर्पु बजार खानेपानी समितिद्वारा गोरखाका पहिरोपीडितलाई एक लाख एक हजार सहयोग सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव लागुऔषधसहित पाँच जना पक्राउ पाल्पामा पिकअप जिप ११० मिटर तल खस्दा १० जना घाइते शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा रवि लामिछानेको बयान सकियो



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रूपन्देहीमा तीन दिनको बयान सकिएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका रुपेन्देही पुर्‍याइएका लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । उनीसँग पहिलो दिन मौखिक प्रश्न र दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नमा बयान लिईएको छ । उनले सोधिएका सबै प्रश्नमा आफू कतै पनि सहभागी नभएको बयान दिएका अनुसन्धानमा संलग्न रहेका एक अधिकृतले बतए ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। लामिछानेसहित छविलाल जोशी, जीवी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

सहकारी ठगीको आरोपमा लामिछानेलाई २ कात्तिकमा पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए । उनीमाथि प्रहरीले सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति सुद्धिकरणको कसुरमा अनुसन्धान गरिरहेको छ ।