नेपाल पंचाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष डा माधव भट्टराईले नवरात्रिकाे आठाैं दिन अर्थात महाअष्टमीकाे विशेष महत्व रहेकाे बताउनुभएकाे छ । यस दिन अत्यन्त उज्यालाे, भव्य देवी जसलाइ महागाैरीकाे रूपमा पूजा गरिन्छ । र यस दिन नेपाली परम्परामा बली दिने चलन पनि छ । धेरैले यस दिन कालरात्रिकाे पूजा गर्छन्, र याे राति गरिन्छ । राति विशेष पूजा, हवन र बलि गरिन्छ । बलि नदिनेले सात्विक बलि (कुभिन्डाे) पनि गर्ने चलन छ ।











