५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैंमा हाँसको व्यापारले पाएन बजार



अ+ अ-

काठमाडौं । कोभिड संक्रमणको जोखिमका कारण यसपटकको दशैंमा हाँसको व्यापारमा पनि असर परेको छ ।  

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका छन् । विगतमा भन्दा मूल्य पनि बढेको र कोरोना संक्रमणको जोखिमका कारण ग्राहकहरु नआएकाले व्यापार कम भएको व्यापारीहरुले बताए । विरगंज देखि काठमाडौंको सुन्धारामा हाँस विक्रीका लागि आउनुभएका बुखल साहले हाँसको व्यापार यसपटक कम भएको बताउनुभयो ।

गत वर्ष १ सय ५० भन्दा बढी हाँस विक्री गर्नुभएका साहले यसपटक २०/२५ वटा सम्म पनि विक्री गर्न नसकेको बताउनुभयो । हाँस नै विक्री गर्न नसकेपछि दशैं मनाउन समेत समस्या हुने उहाँको भनाई छ । आफुले ल्याएका सबै हाँस कम मूल्यमा विक्री गरेर भएपनि दशैं मनाउन विरगंज फर्किनुपर्ने बाध्यता भएको पनि साहले सुनाउनुभयो ।

यस वर्ष हाँसको मूल्यपनि बढेको छ । गत वर्ष एउटा हाँसको मूल्य ८ सय देखि एक हजार रुपैयाँ सम्म रहेको थियो । तर यसवर्ष एउटा हाँसको मूल्य १ हजार ३ सय रुपैयाँ भन्दा माथि छ । त्यसैले पनि हाँस विक्री नभएको हुनसक्छ । यस्तै काठमाडौं उपत्यकामा दशैंमा पूजा गर्दा वा मन्दिरमा चढाउन हाँसको खोज्ने प्रचलन रहेको छ । त्यसैले पनि दशैंको बेलामा हाँसको बजार पनि राम्रै हुने गर्छ । तर यसपटक अधिकांश मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएकाले पनि पशुपछिंहरुको व्यापार कम भएको छ ।