१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौँ । शनिबार २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ पीसीआर परीक्षणमा २ हजार २ सय २५ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै २ हजार ८४६ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ८ हजार ३३४ संख्या पुगेको छ । 

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ ।  

हालसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार ८६२ नमुना परीक्षण गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ३२२ जना रहेका छन् ।