२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनः उदयपुरमा पाँच राजनीतिक दलका उम्मेदवार सार्वजनिक



अ+ अ-

उदयपुर । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९ को रिक्त वडाध्यक्ष पदका लागि ती दलले उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् ।

त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसले सञ्जीव काफ्ले, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट लक्ष्मी नारायण चौधरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नविक वान्तावा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्मला चौधरी,राष्ट्रिय स्वतन्त्र पार्टीले ध्रुव पोखरेललाई उम्मेदवार बनाएको छ ।

यसैगरी, बेलका नगरपालिका– ९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेत, एमालेले मनोज खड्का, माओवादी केन्द्रले भरत घिमिरे र रास्वपाले तेजमान विकलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले दुई दिनभित्रमा उम्मेदवारको नाम घोषणा गर्ने बताएको छ ।