५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्धाराको मस्जिदमा तोडफोड गर्नेलाई कडा कारबाही गर्न नेपाल मुस्लिम संघको माग



अ+ अ-

काठमाडौ । नेपाल  मुस्लिम संघले १०० बर्ष भन्दा पुरानो ऐतिहासिक धरोहर  मुसफिर मदिनी मस्जिदमा गरिएको तोडफोड र आक्रमणको निन्दा गर्दे  दोषी उपर कडा भन्दा कडा कानूनी कारबाही गर्न  माग गरेको छ । संघका अध्यक्ष अब्दुल सत्तारले आज एक बिज्ञप्ति जारी गर्दै  क्षती भएको संरचनाको तत्काल पूननिर्माण गर्न  पनि माग गर्नुभएको छ । अध्यक्ष सत्तारले  पटक पटक धार्मिक आस्था र भावनामा चोट पु¥याउदा पनि सामाजिक सद्भाबका लागि संयम बनेको मुस्लिम समुदायको सदासयतालाई कमजोरीका रुपमा नलिन चेतावनी समेत दिनु भएको छ ।

उहाले मुसफिर मदिनी मस्जिदमा गरिएको आक्रमण सिगो नेपाली  मुस्लिम समुदाय माथीको आक्रमण  भएको भन्दै  बर्तमान सरकार गठन भए देखी नै मुस्लिम समुदाय माथी कुनै न कुनै रुपमा पूर्बाग्रही राब्दै आएको आरोप लगाउनु भएको छ । मुस्लिम पर्बहरुको बिदा कटौती गर्ने  देखी मदरसा,कवरस्थान र मस्जिद  माथी निरन्तर आक्रमण हुदै आईरहेको उल्लेख गर्दे उहाले  मुस्लिम धरोहर माथीको निरन्तर आक्रमण हुँदा पनि मुकदर्शक मात्र बनेकाले  बर्तमान सरकारको कम्युनिष्ट अधिनायकबादको चरित्र उदाङ्गो  भएको टिप्प्णी गर्नुभएको छ ।  सरकार भू– माफियाको गिरोहबाट संञ्चालित भै मन्दिर , मस्जिद , गुम्बा लगायतका धार्मिक स्बामित्वमा रहेका जग्गा हडप्न उद्दत रहेको यो घटनाले पनि पुष्टि गरेको आरोप संघको छ ।

 नेपालको सबिधानले आ–आफनो धर्म  निर्बाध रुपमा मान्न पाउने अधिकार भएपनि बर्तमान सरकारको क्रियाकलापले धार्मिक अधिकारबाट  बञ्चित गराउने प्रपञ्च त होईन ? यो मदानी मस्जिद माथी भू– माफियाहरुले  पटक पटक धाबा बोले पछि  प्रधानमन्त्री र भुमी सुधार मन्त्रीलाई  ध्यानकर्षणको लागि समेत अनुरोध भएपनि वास्ता नगर्नुले मुस्लिम समुदाय प्रति सरकार अनुदार रहेको ठहर संघको छ ।