आज नवरात्रिको नवौ दिन अर्थात् महानवमी पर्व हो । आजको दिन हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।
अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको (बध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।








