९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

चीनका थुलौ भवनहरु कसरी “सुनौलो कचौरा” मा परिणत भए?

चीनका थुलौ भवनहरु कसरी “सुनौलो कचौरा” मा परिणत भए?
अ अ+ अ-

काठमाडौँ उपत्यकालाई मन्दिरै मन्दिरको सहर भनिन्छ। पूर्वजले सांस्कृतिक धरोहरका रुपमा काठमाडौँ उपत्यकलाई अद्भूत निर्माण गरेका थिए। काठमाडौँ उपत्यका विश्वकै एकमात्र त्यस्तो क्षेत्र हो जहाँ नजिकै भएर पनि सातवटा फरक विश्व सम्पदा सूचिकृत क्षेत्रहरु छन्।

लिच्छबीकालदेखिका निर्माण भएका सुन्दर मन्दिर, पाटीपौवा, ढुङ्गेधारा, चोकहरु, घरका बनोट आदि कुराले ती क्षेत्रलाई विश्व सम्पदा सूचिमा राख्न सफल भएको हो। तर, वर्तमानमा हामी पुर्खाका अमूल्य निधिहरुलाई उखेलपाखेल बनाउँदै छौँ। अधिकांश ढुङ्गेधारा मासिइसकेका छन्। कंक्रिट बहुतले भवनका संरचना र अत्यधिक सिमेन्टको प्रयोगले उपत्यकाको भूमिगत जल स्रोतलाई पनि सुकाइ सकेको छ। आधुनिक संचरनाका भवन बनाउने होडबाजीमा हाम्रा पुराना कलाहरु बिलाउँदै गएका छन्।

स्थानीय स्तरमा थोरै संरक्षण भक्तपुर दरवार क्षेत्रमा गरिएको छ। त्यहाँ अहिले पनि बाटोलाई पिच नगरेर इँटा ओछ्याइएको छ। कमसेकम घरका अग्रभागमा काठका आँखीझ्यालहरु राखिएको छ। तर, भक्तपुरको यस्तो संरक्षण पनि उति प्रभावकारी बन्न सकेको छैन। यदि सकिन्थ्यो भने पूरै नगर क्षेत्रका सबै घरलाई परम्परागत शैलीमा बनाउनुपर्दथ्यो। सिमेन्ट र रडको सट्टामा ढुङ्गा, माटो, काठ, बाँस लगायतका स्थानीय जैविक वस्तुबाट घर बनाउँदा त्यसका कति फाइदा हुन्छन् भन्ने कुरा नयाँ पुस्तालाई बुझाउनु पर्दथ्यो। त्यसरी बनाइएका भवनहरु वातावरणमैत्री हुनुका साथै सिमेन्टका घरभन्दा लामो समय टिक्ने पनि हुनसक्छन् भन्ने वैज्ञानिक तथ्यलाई आत्मसात गरेर अगाडि बढ्नुपर्दथ्यो।

भक्तपुरकै रबीन्द्र पुरीले त्यस्ता भवन बनाउने अभियान सुरु गरेका छन्। उनको अभियानलाई युनेस्कोले पुरस्कृत गरिसकेको छ तर नेपाल सरकार र कर्मचारीतन्त्रले भने उहाँलाई प्रोत्साहन दिनु त कता हो कता हत्तोसाही बनाएको र हैरानी दिएको उनले अन्तर्वार्तामा बताइसकेका छन्।

जति विस्तार हुनुपर्थ्यो त्यति नभए पनि, जति संरक्षण हुनुपर्थ्यो त्यति नभएपनि भक्तपुरले नेपालको नाक भने थामेको छ। भक्तुपरजस्तै लम्जुङको घले गाउँमा पनि नेपालका परम्परागत भवनहरु छन्। चितवनमा थारु बस्ती, जनकपुरमा मिथिला बस्ती, एक नम्बर प्रदेशका पाँचथर, तेर्‍हथुममा लिम्बू बस्ती, सुर्खेत तथा दैलेखमा राउटे बस्तीका घरहरु बनाउने हो भने ती क्षेत्रमा पर्यटकको ओइरो लाग्ने थियो। विडम्बना बैदेशिक रोजगारबाट आएको अलिअलि पैसा आधुनिक कङ्क्रिट भवनहरुले पुरिसकेकाले न मौलिक पहिचान जोगिएको छ न पर्यटकलाई आकर्षण गर्न।

पुराना घरहरुको कसरी संरक्षण गर्नुपर्छ र त्यसले अर्थतन्त्र तथा मानव विकासम केकसरी योगदान दिन्छ भन्ने उदाहरुका लागि चीनको सात सय वर्ष अगाडि निर्मित घरहरुको उदाहरण यस प्रकार छ। चीनको दक्षिण पूर्वमा पर्ने फुचियान प्रान्तमा 'थुलौ' नाम गरेका विचित्रका घरहरु छन्। चिनियाँ भाषामा 'थु' भनेको धर्ति हो भने 'लौ' भनेको घर हुन्छ। दुवै शब्द मिलाउँदा थुलौको अर्थ धर्तिका घरहरु भन्ने हुन्छ। ती घरको वास्तु शैलीले गर्दा ती विचित्रका भनिएका हुन्। फुचियान प्रान्तको चाङ चौ शहर मातहतका नान चिङ जिल्ला, ह्वा आन जिल्ला र लोङ येत शहर मातहतको योङ तिङ जिल्ला आदि क्षेत्रमा यस्ता घरहरु प्रचलित छन्। ती घरहरुको निर्माणमा सबै स्थानीय साधनस्रोत प्रयोग भएका छन्। १२ औँ शताब्दीदेखि २० शताब्दीको बीचमा निर्मित त्यस्ता भवन निर्माणमा मुख्य गरी माटो प्रयोग गरिएको छ। घरका बाहिरी पर्खाल एकदेखि दुई मिटर उचाइका छन्। बढा अनौठो के छ भने यी घरहरुको पहिलो र दोस्रो तलाका झ्यालहरू कहिल्यै पनि खोलिँदैन।

फुचियान प्रान्तका यस्ता विशेष प्रकारका ४६ वटा 'थुलौ' घरलाई सन् २००८ मा युनेस्कोले विश्व सम्पदा सूचिमा समावेश गरेको छ। चीनले सन् १९८० देखि नै थुलौको संरक्षण गर्न थालेको थियो। विश्व सम्पदा सूचिमा परेपछि सन् २०११ मा फुचियान थुलौको क्षेत्र चीनकै उत्कृष्ट पर्यटकीय क्षेत्रमा अंकित भएको छ। चीनमा ग्रेटवाल लगायतका क्षेत्रलाई पाँच तारे पर्यटकीय क्षेत्र मानिन्छ। त्यसपछिको अलिक कम पर्यटक जाने क्षेत्रलाई चारतारे हुँदै क्रमशः तीनतारे, दुई तारे र एक तारे पर्यटकीय क्षेत्रको स्तर निर्धारण गरिन्छ। थुलौ पनि चीनको पाँच तारे पर्यटकीय क्षेत्रमा अंकित भएपछि सो क्षेत्रको आर्थिक विकास पनि उच्च रुपमा बढेको छ।

वर्षको १२ महिना नै सो क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गर्छ। चिनियाँ तथा विदेशी पर्यटकहरु थुलौ क्षेत्रमा जानका लागि टिकट काट्नु पर्छ। पर्यटकको भ्रमणले स्थानीयको आर्थिक अवस्थामा उल्लेख्य वृद्धि भएको छ। सहरमा बसोबास गर्ने युवाहरु पनि गाउँमा फर्किएर पर्यटन व्यवसाय सुरु गरेका छन्। बाटुलो भाँडो जस्ता देखिने ती पुराना भवनहरू स्थानीय बासिन्दालाई धनी बनाउने माध्यम बनेकाले अहिले "सुनौलो कचौरा" नामले पनि चिनिन थालेका छन्।

त्यहाँ घुम्ने पर्यटक मात्र होइन अध्ययन गर्ने व्यक्तिहरुको दिमाग पनि त्यतै सोझिन थालेको छ। सात सय वर्ष पुरानो चिनियाँ आर्किटेक कलाको अध्ययनसँगै त्यस्तो बस्ती जसले मानव र प्रकृतिबीचमा सुमधुर सम्बन्ध विकास गरेकाले सामाजिक तथा आर्थिक अध्येताहरु पनि सो क्षेत्रमा खोज अनुसन्धान गरिरहेका हुन्छन्।

चारकुने र गोलाकार आकारका यी घरहरु तीनदेखि ५ तलाका छन्। त्यहाँ अहिले ८ सय मानिसहरु बसोबास गर्दछन्। ठूला पर्खालले घेरिएका यस्ता घरहरुको भित्री भागमा आँगन, भण्डारकक्ष, इनार र बसोबासका कोठाहरु हुने गर्छन्। ढुङ्गा, माटो, काठ, बाँस र अन्य स्थानीय जैविक पदार्थहरु मिसाएर बनाइका घरको पर्खाल ६ फिट बाक्लो छ। गज्जबको कुरा त के छ भने यी घरहरु भूकम्प प्रतिरोधी क्षमताका छन्। गर्मीमा सितल हुने र जाडोमा न्यानो हुने गुण पनि यी घरहरुमा छ। यी घरमा मुख्य एउटा मात्र ढोका हुने गर्छ। ती ढोकाहरु सबै काठबाट बनाइएका छन्। अपवादका रुपमा रहेका परम्परागत यी घरहरुको सुरक्षित र सामुदायिक बसोबासका साथमा मानव र प्रकृतिबीचको सद्भावपूर्ण सम्बन्धले गर्दा नै यो क्षेत्र विश्व सम्पदा सूचिमा परेको हो। सो क्षेत्रमा अहिलेसम्म सन् १३०८ मा बनेको घरको संरक्षण गरिएको छ। यो घर सो क्षेत्रको सबैभन्दा पुरानो घर हो।

चीनमा यस प्रकारका संरक्षणहरु विभिन्न क्षेत्रमा छन्। उदाहरणका लागि तिब्बतमा चीनले चौँरी संग्रहालय बनाएको छ। अल्पसंख्यक जाति बसोबास गरेको क्षेत्रमा ती जातिको परम्परागत पोशाक, सांस्कृतिक रहनसहन, रीतिरिवाज, चालचलन, बाजागाजा तथा बसोबासका क्षेत्रलाई संरक्षण गर्दै आएको छ। ती क्षेत्रमा अल्पसंख्यकका जातिलाई रोजगारीमा प्राथमिकता दिइन्छ।

यही अनुभव नेपालले अनुसरण गर्ने हो भने हाम्रा नासिदै गएका मौलिक पहिचानको संरक्षण हुने कुरामा दुई मत हुन सक्तैन। त्यसैगरी पर्यटकीय विकासले स्थानीयको आयमा वृद्धि हुन्छ। उनीहरुका प्रचलनको खोजी सुरु हुन्छ। पहिचान स्थापित गराउँदै अध्ययन विश्लेषणले इतिहासको महत्व नयाँ पुस्तालाई दिन सकिन्छ। त्यसकारण चीनको फुचियान प्रान्तको थुलौबाट नेपालले धेरै कुरा सिक्न सक्छ।

सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्यको फेसबुक बाट