५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्बका बेला महंगो भयो फलफुल



अ+ अ-

काठमाडौ ।दशैंको बेला फलफूल जन्य वस्तुहरुको बजार महँगो भएको छ । अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले २ सय रुपैयाँ सम्म पर्ने गरेको छ । अझ पसलै पिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ताहरु मारमा परेका छन् । चाडपर्वको बेला फलफूल, मिठाई, माछामासु लगायतको खपत बढी हुन्छ । त्यसैले यो समयमा त्यस्ता बस्तुहरुको मूल्य बजारै पिच्छे फरक पर्ने गरेको देखिन्छ ।

फलफूल चाडपर्वको बेलामा समान्यतया धेरै विक्री हुने बस्तु हो । आज हामी फलफूल बजारको अवस्था बुझ्न काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्यौं । तर मूल्यमा एकरुपता पाउन सकिएन । एउटै जातको एक किलो स्याउको मूल्य एक सय ६० रुपैयाँ देखि २ सय रुपैयाँ सम्म परेको पाइएको छ । बजारमा भेटिएका उपभोक्ताहरु पनि मूल्यमा फरक पर्दा मार परेको गुनासो गरेका छन् । नयाँ बानेश्वर क्षेत्रमा भेटिनुभएका उपभोक्ता ऋषिकेश पोखरलले सरकारले आफ्नो उपस्थिति बजारमा नदेखाउँदा पसलै पिच्छे मूल्यमा फरक परेको बताउनुभयो । चाडपर्वको समयमा पनि सरकारले बजार अनुगमन नगरिदिदा महँगो मूल्य तिरेर फलफूल उपभोग गर्न बाध्य भएको उहाँले बताउनुभयो । 


व्यापारीहरुले भने थोक (होलसेल) व्यापारीहरुका कारण खुद्रा बजारमा पसलै पिच्छे मूल्यमा फरक पर्ने गरेको बताएका छन् । आफुहरुले मूल्य बढाएको भन्दापनि होलसेल पसलले नै मूल्यमा एकरुपता कायम नगरिदिदा बजारमा पसलैपिच्छे फरक मूल्य देखिएको व्यापारीहरुको भनाई छ । नयाँ बानेश्वर क्षेत्रमा फलफूल व्यापार गदैं आउनुभएका पुजन कुमार शाहले भाउमा एकरुपता नहुनेको कारण होलसेल विक्रेताहरु नै रहेको बताउनुभयो । होलसेल पसलमा नै एउटै जातको स्याउ प्रति पेटी १ हजार रुपैयाँ देखि १ हजार २ सय रुपैयाँ सम्म पर्ने भएकाले भाउमा फरक परेको बताउनुभयो । यस्तै गत वर्षको तुलनामा यस वर्ष फलफूलको मूल्य झण्डै दोब्बर रहेको पनि उहाँले बताउनुभयो । 


कालीमाटी फलफूल तथा तरकारी बाजार विकास समितिले आइतबारका लागि प्रति केजी स्याउको मूल्य औषतमा २ सय ४५ रुपैयाँ देखि ३ सय १० रुपैयाँ तोेकेको छ । त्यस्तै केरा प्रति दर्जन औषतमा ८५ रुपैयाँ र सुन्तला प्रति केजी ४८ रुपैयाँ थोक मूल्य तोकेको छ । भारतीय सुन्तला भने प्रति केजी १ सय ५ रुपैयाँ रहेको छ । त्यस्तै अनार ३ सय १० रुपैयाँ प्रतिकेजी रहेको छ ।