५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका सडक सुनसान



अ+ अ-

काठमाडौ । काठमाडौका सडक सुनसान बनेका छन् । कोरोना संक्रमणको जोखिम सँगै नजिकिएको दशैंमा पनि सडक सुनसान देखिए । उपत्यकाभित्र गुडिरहने सवारीसाधनहरु फाट्टफुट्ट देखिएपनि मुख्य चोकहरु तीनकुने, नयाँ बानेश्वर, माइतिघर, त्रिपुरेश्वर, रत्नपार्क क्षेत्रमा गाडिको आवागमन नगन्य नै थियो । उपत्यकामा संक्रमणको जोखिम बढेसँगै बाहिरिएकाहरु फर्किएका छैनन भने उपत्यका भित्र रहेकाहरु पनि घरबाहिर निस्किएनन् ।

अघिल्ला वर्षहरु जस्तै दशैं उल्लाहसमय नभएपनि महत्वपूर्ण चाड र सरकारले नै सार्वजनिक विदा दिएका कारण अन्य पर्वहरुको भन्दा दशैंको महत्व अलग्गै रहन्छ । यसैलेपनि दशैं मनाईरहेका काठमाडौंबासि सडकमा आएनन् । सडकमा सुरक्षा निकायका गाडि, आकस्मिक सेवाका गाडि, र आफ्नो अत्यावश्यक कामले हिडेका बाहेक अन्य गाडिहरु देखिएका छैनन् । दशैंको मुख्य दिनहरु सप्तमी, अष्ठमी, नवमी र टिकाका लागि सुरक्षा निकायले लागू गरेको सुरक्षा नीति अनुसार सडकमा सुरक्षाकर्मीको उपस्थिति भने देखिएको छ ।