काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा सोमबार बिहान १० बजेर १९ मिनेटको शुभसाईतमा गुरु खेमचन्द्र ढकालबाट टीका र जमरा ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएकाके राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए ।
राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका र जमरा लगाईदिनु भएको छ ।











