• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन

कोरोना कहरमा टीका : कसैले लगाएनन्, कसैले सङ्क्रमणमुक्त हुनेबित्तिकै



झापा । दशैँमा टीका लगाउने रहर सबैलाई हुन्छ । तर यसपटक कोभिड–१९ को कहरले गर्दा टीका लगाउने कार्य सावधानीपूर्वक गरिएको पाइएको छ । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले आफ्नो परिवारमा यसपाली कोरोना महामारीकै कारण टीका नलगाइएको बताउनुभयो ।  उपप्रमुख उप्रेतीका पति कोरोना सङ्क्रमणका कारण होम आइसोलेसनमा हुनुहुन्छ । उहाँकी ९० वर्षकी आमा घरमा हुनुहुन्छ ।

पारिवारिक सल्लाह गरेर टीका नलगाइएको जानकारी दिदै उहाँले भन्नुभयो, “कोरोना गएपछि अर्को साल लगाउँला भन्ने सोचियो ।” उहाँको काँकरभिट्टा, विर्तामोड र काठमाडौंमा रहेका दाजुभाई खलक सबैले पारिवारिक निर्णय बमोजिम यसपाली टीका लगाएनन् ।

भद्रपुर नगरपालिका वडा नं. १० निवासी असारु राजबंशीले आजै बिहान पिसिआर रिपोर्ट नेगेटिभ आएकाले परिवारका साथ सावधानीपूर्वक टीका लगाउनुभयो । राजबंशी १२ दिन अघिदेखि कोरोना सङ्क्रमणका कारण होम आइसोलेसनमा बस्दै आउनु भएको थियो । नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड १९ बाट सङ्क्रमित स्वास्थ्यकर्मी लेखनाथ खतिवडालाई भेटेर स्वास्थ्यलाभको पहिलो शुभकामना दिनुभयो । 

कोरोनाविरुद्धको लडाईमा अग्रपङतिमा रहेर खटिरहेकामध्ये स्वास्थ्यकर्मीको योगदान प्रशंसनीय रहेको भन्दै प्रवक्ता शर्मा विजया दशमीको पहिलो शुभकामना दिन मेचीनगर नगरपालिका वडा नं. ९ स्थित खतिवडाको निवासमै पुग्नु भएको थियो ।

खतिवडा काँकडभिट्टा स्वास्थ्य चौकीको प्रमुख हुनुहुन्छ । उहाँ एक साता अघि कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा हुनुहुन्छ ।