२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

कोरोना कहरमा टीका : कसैले लगाएनन्, कसैले सङ्क्रमणमुक्त हुनेबित्तिकै

कोरोना कहरमा टीका : कसैले लगाएनन्, कसैले सङ्क्रमणमुक्त हुनेबित्तिकै
अ अ+ अ-

झापा । दशैँमा टीका लगाउने रहर सबैलाई हुन्छ । तर यसपटक कोभिड–१९ को कहरले गर्दा टीका लगाउने कार्य सावधानीपूर्वक गरिएको पाइएको छ । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले आफ्नो परिवारमा यसपाली कोरोना महामारीकै कारण टीका नलगाइएको बताउनुभयो ।  उपप्रमुख उप्रेतीका पति कोरोना सङ्क्रमणका कारण होम आइसोलेसनमा हुनुहुन्छ । उहाँकी ९० वर्षकी आमा घरमा हुनुहुन्छ ।

पारिवारिक सल्लाह गरेर टीका नलगाइएको जानकारी दिदै उहाँले भन्नुभयो, “कोरोना गएपछि अर्को साल लगाउँला भन्ने सोचियो ।” उहाँको काँकरभिट्टा, विर्तामोड र काठमाडौंमा रहेका दाजुभाई खलक सबैले पारिवारिक निर्णय बमोजिम यसपाली टीका लगाएनन् ।

भद्रपुर नगरपालिका वडा नं. १० निवासी असारु राजबंशीले आजै बिहान पिसिआर रिपोर्ट नेगेटिभ आएकाले परिवारका साथ सावधानीपूर्वक टीका लगाउनुभयो । राजबंशी १२ दिन अघिदेखि कोरोना सङ्क्रमणका कारण होम आइसोलेसनमा बस्दै आउनु भएको थियो । नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड १९ बाट सङ्क्रमित स्वास्थ्यकर्मी लेखनाथ खतिवडालाई भेटेर स्वास्थ्यलाभको पहिलो शुभकामना दिनुभयो । 

कोरोनाविरुद्धको लडाईमा अग्रपङतिमा रहेर खटिरहेकामध्ये स्वास्थ्यकर्मीको योगदान प्रशंसनीय रहेको भन्दै प्रवक्ता शर्मा विजया दशमीको पहिलो शुभकामना दिन मेचीनगर नगरपालिका वडा नं. ९ स्थित खतिवडाको निवासमै पुग्नु भएको थियो ।

खतिवडा काँकडभिट्टा स्वास्थ्य चौकीको प्रमुख हुनुहुन्छ । उहाँ एक साता अघि कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा हुनुहुन्छ ।