५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौ । कलाकर मनोज गजुरेललाई कोरोना सक्रमण  भएको छ । गजुरेलले सोमबार साँझ सामाजिक संञ्जाल फेसबुक मार्फत सक्रमण भएको जानकारी गराउनु भएको हो ।

गजुरेलले सामाजिक संञ्जालमा लेख्नु भएको छ –भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड– १९ पोजेटिभ देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने रल्याउने गरेको थिएँ । गत बिहिबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो । शनिबार ढाडको दुखाई महसुस गरेँ ।

त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र  कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो । बिहिबारदेखि नै आईसोलेसनमा छु । बाबू नानीहरुलाई कुनै सिम्टम्स छैन ।

दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आईसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ  ।

मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र  अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु । 

संक्रमणबाट बच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ ।

आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ुपोजिटिभ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ ।

म पनि जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा.रविन्द्र पाण्ड को सुझाव, सल्लाह र ुकोभिड उपचार गाईडलाईनुमा छु । मलाई बिश्वास छ, मेरो शरीरमा प्रबेश गरेको यो भाईरस मेरो शारिरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन ।

त्यसैले मैले यो भाईरसलाई मेरो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको  छु । तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाईरसको हार झन् चाँडो हुनेछ । धन्यबाद ।