४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको कहर : रोकियो सत्तारुढ नेकपाको चियापन



अ+ अ-

काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यस वर्ष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । 

नेकपाले हरेक बर्ष बडादशैं,  तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने यो बर्ष भएको हो । 

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिनुभएको हो । 

विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।