काठमाडौं । मंगलबार थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार २ हजार ७२५ जनाको पिसिआर परिक्षणमा ५७० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै मंगलबार कोरोनामुक्त हुनेको संख्या ३ हजार १ सय ६८ जना रहेका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ जना पुगेको छ ।
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।











