काठमाडौ । बडादशैंसँगै गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, दाङका विभिन्न कोट र शक्तिपिठहरूमा सराय नाचको रौनक हुन्थ्यो ।
जन्मथलोमा सराए नाच्न नपाएपछि कर्मथलोमा स्थानीय बासिन्दा भेला भएर रमाइलो गर्ने गर्दथे । दशमीदेखि कोजाग्रत पूर्णिमासम्म सरायको रौनक हुन्थ्यो ।
तर यस वर्ष कोभिड–१९ का कारण अन्य पर्वहरु जस्तै यो पनि रोकियो । स्थानीय क्षेत्रको सांस्कृतिक धरोहर तथा मौलिक विशेषता र समाज पहिचानको अभिन्न अंगको रुपमा रहेको सराय नाच बारे पत्रकार पिताम्बर भण्डारीले तयार पार्नुभएको यो भिडियो सामग्री ।











