१ असार २०८३, सोमबार
,
Latest
जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहमा विद्युत विस्तार हुँदै



अ+ अ-

डोटी । जिल्लाको पूर्वीचौँकी गाउँपालिकाका नौ वटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को स्थानीय तह आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा बिस्तार गर्न थालेको छ । यहाँका स्थानीय तहले आफ्ना वडाहरुमा विद्युत सेवा विस्तारका लागि होडबाजी नै चल्न थालेको छ ।

जनप्रतिनिधीको पहलमा जिल्लाका नौ स्थानीय तह मध्ये जोरायल, बडिकेदार, बोगटानफुड्सिल, सायल, पूर्वीचाँकी, केआइसिंह तथा आदर्श गाउँपालिकामा तिब्र रुपमा विद्युत विस्तारको काम भइरहेको डोटी साना जलविद्युत कार्यालयले जनाएको छ ।

जिल्लाको आदर्श गाउँपालिका वडा नं. ५ लामिखालमा पोल गाढेको पाँच वर्षपछि विद्युत सेवा पुगेको छ । यहाँका करिव ४०० घरधुरीले विद्युत् सेवा पाएका छन् । दशैँको अवसर पारेर गाउँमा विद्युत सेवा बिस्तार गरिएपछि गाउँले खुसी भएका हुन् । 

पोलगाडेको वर्षौपछि गाउँपालिकाको विशेष पहलमा अहिले आएर राष्ट्रिय प्रसारणलाइनको विद्युत बिस्तार गरिएको भन्दै स्थानीयबासीमा खुसियाली छाएको स्थानीय रमेशबहादुर साउदले जानकारी दिनुभयो । विद्युत नहुँदा सल्लाको दियालो तथा टुकीका भरमा उज्यालो गर्दै आएका नागरिक गाउँमा विद्युत बिस्तार भएपछि निकै खुसी भएको स्थानीय धनबहादुर नेपालीले बताउनुभयो । 

नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय लाईन प्राधिकरण र आदर्श गाउँपालिकाको संयुक्त सहकार्यमा उक्त वडाको केन्द्र लामीखालमा पहिलो पटक विद्युत बिस्तार गरिएको गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “बिजुलीले त्यहाँका नागरिकले उज्यालो पाएका छन् ।” गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा विद्युत विस्तारका लागि बजेट विनियोजन गरिएपछि अहिले विद्युत विस्तारको काम अघि बढेको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिनुभयो । 

जिल्लाका अधिकांश स्थानीय तह तथा गाँउपालिकाका प्रत्येक घरमा चालु आर्थिक वर्षको अन्तिमसम्म बिजुली बाल्ने विद्युत कार्यालय र स्थानीय तहले संयुक्त योजना बनाइएर सोही अनुसार पत्राचार गरेकाले काम अघि बढाईरहेको डोटी साना जलबिद्युत कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले जानकारी दिनुभयो ।