२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री देउवा चीन जाँदै



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीन जाने भएकी छिन् । प्रधानमन्त्रीको आगामी मंसिर १७ गतेदेखि हुन लागेको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा देउवा चीन जान लागेको थाहा भएको छ ।

समाचार स्रोतका अनुसार मन्त्री डा देउवा यही नोभेम्बरको अन्तिम सातातिर चीन जाने कार्यक्रम रहेको छ ।

समाचार स्रोतले प्रधानमन्त्रीको भ्रमणको तयारी गर्न र चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्न परराष्ट्रमन्त्री डा देउवा चीन जान लागेको बतायो ।

नेपालका लागि चिनियाँ राजदूतले अघिल्लो हप्ता प्रधानमन्त्री केपी ओलीलाई चीन भ्रमणको निम्तो दिएका र त्यसको केही दिनपछि नै उनले परराष्ट्रमन्त्री डा देउवालाई पनि चीन भ्रमणको निमन्त्रणा दिएका हुन् । सोही बमोजिम यही नोभेम्बरको २० तारिखतिर बेइजिङ पुग्नेगरी परराष्ट्रमन्त्रीले भ्रमणको तयारी गरिरहेको सो समाचार स्रोतले जनायो ।

यसअघि गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क गएका बेला प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले भेट गरेका थिए । सो भेटका क्रममा चिनियाँ विदेशमन्त्रीले परराष्ट्रमन्त्री डा राणासँग पनि छुट्टै कुराकानी गरेका थिए ।

त्यसक्रममा विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा राणासँग प्रधानमन्त्री ओलीलाई डिसेम्बरको पहिलो साता एवं परराष्ट्रमन्त्री डा देउवालाई नोभेम्बरको करिब अन्तिम सातासम्म चीन आउने गरी निमन्त्रणा पठाउने बताएको परराष्ट्र स्रोतले सोही बेला बताएको थियो ।

सोही बमोजिम नै प्रधानमन्त्री ओली डिसेम्बरको पहिलो साता चीन जाने तयारीमा छन् भने परराष्ट्रमन्त्री पनि सोही भ्रमणको तयारीका लागि त्यस अगावै चीन जाने भएकी हुन् ।

आफूँ नियुक्त भएपछि प्रायः नेपालका प्रधानमन्त्रीहरुले पहिलो भ्रमणका रुपमा भारत जाने गर्दछन् । तर यसपटक भने सो परम्परा तोड्दै प्रधानमन्त्री ओली चीन जान लागेका छन् भने यसै भ्रमणका क्रममा चीनसँग बिआरआईको कार्यान्वयन सम्बन्धी सम्झौता पनि हुन लागेको छ । त्यसैले पनि यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

चीनले पनि सोही महत्व दिएर नै प्रधानमन्त्रीको भ्रमण अगावै परराष्ट्रमन्त्रीलाई बोलाएको हो । किनभने यसअघिका प्रधानमन्त्रीहरुको भ्रमणको तयारीका लागि भनेर चीनले यसरी नेपालका परराष्ट्रमन्त्रीलाई प्रायः भ्रमणमा बोलाउने गरेको थिएन ।




भर्खरै