काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलीदेखि साताको दुई दिन मात्र कोभिड–१९ प्रेस ब्रिफिङ गर्ने भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार आइतबार र बुधबार हुने भएको हो ।
दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो ।
अब साताको दुई दिन बाहेक अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।











