२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

पेरिसमा कोरोनाको दोस्रो लहरः एक महिनाका लागि फेरि पूर्ण लकडाउन

पेरिसमा कोरोनाको दोस्रो लहरः एक महिनाका लागि फेरि पूर्ण लकडाउन
अ अ+ अ-

पेरिस । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण पहिलेको भन्दा अझ घातक हुन सक्ने भन्दै फ्रान्सेली राष्ट्रपति एमानुयल माख्रोले देशभरि नै नयाँ लकडाउनको घोषणा गरेका छन् ।
फ्रान्सका अस्पतालहरुमा कोरोना भाइरसबाट बढ्दो बिरामीको चाप कम गर्न यस्तो कदम चाल्नुपरेको राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपतिले बताएका हुन् । उनले भने, 'कोरोना भाइरसको द्रुत गतिको संक्रमणले हामी अति अभिभूत भएका छौं । सबै फ्रान्सेलीले अब उच्च सतर्कता अपनाउनुपर्छ । यसको विकल्प छैन ।'

राष्ट्रपतिका अनुसार शुक्रबारदेखि नयाँ घोषणा लागू हुने छ । यो घोषणा डिसेम्बर १ सम्म लागू हुने छ । घोषणाअनुसार सुसार केन्द्र र स्कुलहरु भने खुला रहने छन् । लकडाउनको नयाँ नियमअनुसार सर्वसाधारण नागरिकहरु अत्यावश्यक सामान खरिद, स्वास्थ्य परामर्श र एक घण्टा दैनिक व्यायामका लागि निस्किन पाउने छन् । कफी, रेस्टुरेन्ट, बारहरु पूर्णरुपमा बन्द गर्नुपर्ने छ । सुपरमार्केट र फार्मेसीहरुहरु भने खुला रहन पाउने छन् । यदि कुनै रोजगारदाताले घरबाट काम गर्न असम्भव भएको दाबी गरेमा रोजगारदाताहरुलाई काममा जन अनुमति दिइने छ । ुगएको वसन्त कालमा जस्तै तपाईं कामको लागि, चिकित्सकसितको भेट, आफन्तलाई सहयोग गर्न, आवश्यक किनमेल गर्न वा तत्कालै विमान लिनुपर्ने भए बाहिर जान सक्नुहुनेछ,ु फ्रान्सेली राष्ट्रपति माख्रोले सम्बोधनका क्रममा भने । लकडाउनको अवधिमा एक प्रान्तबाट अर्को प्रातमा जान भने पाइने छैन 

कोरोना भाइरसको दोस्रो तरंगले ल्याएको गम्भीर स्थितिमा अहिलेको लकडाउनले बिरामीको चाप भएका अस्पतालहरुलाइ केही राहत दिने तथा सिकिस्त बिरामीहरुको उपचार गर्न सहज हुने विश्वास गरिएको छ । फ्रान्समा केही दिनदेखि संक्रमितको संख्या २४ घण्टामा ५२ हजार नाघेको थियो । गत २ दिनमा मात्रै करिब ८० हजार संक्रमित थपिएका थिए । हाल पेरिसका अस्पतालमा नब्बे प्रतिशत सघन उपचार कक्षहरु भरिएका छन् । जाडोयामको कारणले ठण्डीबाट प्रभावित बिरामीहरुको संख्या थपिँदा अस्पतालहरुले धान्नै नसक्ने स्थिति देखिएको चिकित्सकहरुले बारम्बार दोहोर्‍याइरहेका थिए ।

हाल फ्रान्समा कोरोना भाइरस परीक्षण गर्न मध्ये १७ प्रतिशतको नतिजा पोजिटिभ देखिएको छ । यो गतिमा भाइरस फैलिँदा नोभेम्बरको मध्यसम्म सघन उपचार कक्षमा बिरामीहरुको संख्या ९० हजार पुग्ने अनुमान गरिएको छ । दैनिक मृत्यु हुनेको संख्या पनि ५० प्रतिशतले बढ्नसक्ने देखेपछि सरकारले लकडाउनको कठोर निर्णय लिएको हो । लकडाउनको कारणले काममा जान नसक्नेको लागि सरकारले शतप्रतिशत तलब वा अंशिक बेरोजगारी भत्ताको सुनिश्चितता गरेको राष्ट्रपतिले सार्वजनिक गरेका छन् । कान्तिपुर दैनिक