काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । उनले आफुहरुलाई कोरोना संक्रमण पुष्टि भएको कुरा सामाजिक सञ्जाल मार्फत सबैमा अवगत गराएका छन् ।
यस्तो छ उनको फेसबुक स्टाट्स:-
''' गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं। ''











