काठमाडौ । घरेलु तथा व्यवसायिक सेवाहरु एकै स्थानबाट प्रदान गर्नका लागि भेटायो एप सार्बजनिक भएको छ । सबै व्यावसायिक सेवाहरूको आवश्यकता सजिलै छिटो र सरल तरिका बाट प्राप्त होस भनि एप संञ्चालन गएिको भेटायोले जनाएको छ । व्यवसायिक सेवा प्रदायक, भेटायोले नोभेम्बर २०२१ देखि काठमाडौं उपत्यकामा आफ्ना सेवाहरु सञ्चालन गरेको छ । यसले घरेलु तथा व्यवसायिक सेवाहरु प्रदान गरिरहेको छ । व्यवसायिक सेवाहरू जस्तै प्लम्बिङ, कीट नियन्त्रण, सवारी साधनको सफाई, ब्यूटीशियन तथा अन्य नयाँ सेवाहरू निरन्तर थप्दै जाने बृहत योजना रहेको जनाएको छ ।
समयमै कुनैपनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरेको जनाएको छ । ग्राहकको समयलाई ध्यानमा राखी घरदैलोमा व्यवसायिक सेवा सजिलै उपलब्ध गराउनका लागि हामीले अनलाइन प्लेटफर्म प्रभाबकारी हुने भेटायोले जनाएको छ ।
एपले सम्पूर्ण प्रयोगकर्ताहरूको जीवनलाई सहज बनाउन ग्राहकको ढोकामा नै आवश्यकता अनुसार सेवाहरू उपलब्ध गराई जीवनलाई सजिलो बनाउने लक्ष्य राखीे “भेटायो सेवा“ को स्थापना गरेका े र “भेटायो” शब्दले आफ्नो समस्याको समाधान खोज्नुलाई जनाउने जनाएको छ ।











