२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि क्षेत्रको पुनस्थापना र उत्पादन वृद्धिका लागि विश्व बैंकले साढे नौ अर्ब रुपैँया ऋण दिने



अ+ अ-

काठमाडौ । विश्व बैंकले नेपालको कृषि क्षेत्रको पुनस्थापना  र  उत्पादन वृद्धिका लागि ८ करोड अमेरिकी डलर अर्थात साढे नौ अर्ब रुपैँया ऋण दिने भएको छ । कोभिड –१९ का कारण नेपालको कृषि क्षेत्रमा असर गरेको भन्दै त्यसको पुनस्थापना र उत्पादनबृद्धिका लागि ऋण  स्वीकृत गरेको हो ।   

ऋण सहयोग बाट प्राप्त भएको रकम बाट कृषि उत्पादनको विकास, बजारीकरणमार्फत् ग्रामीण उद्यमशीलता प्रर्वधन र रोजगारी सिर्जना  गर्ने कार्यमा खर्च गरिने जनाईएको छ । ऋण सहयोगमा सञ्चालन हुने ग्रामीण उद्यमशीलता र आर्थिक विकास (रुरल इन्टरप्राइज एण्ड इकोनोमिक डेभलपमेन्ट) परियोजनाले कृषि उत्पादनको बजार पहुँचलाई सहयोग गर्नेछ ।
 
विश्व बैंकको नेपाल मिसनका अनुससार ‘यो परियोजनाले सरकार र निजी क्षेत्रलाइ आपसमा सहकार्य गर्दै ‘नेपाल ब्राण्ड’का कृषि उत्पादनलाई विश्व बजारमा पहिचान दिलाउन सक्नेछन्, ।  विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसलाई उद्धृत गर्दै विश्व बैंकको नेपाल मिसनका अनुसार ‘नेपालको प्रतिस्पर्धी र तुलनात्मक लाभ भएका चिया, कफी, फलफूल, औषधीजन्य उत्पादनको विकासले कोरोना भाइरस महामारीपछि नेपालको कृषि क्षेत्रको पूनस्थापनाको गति तीव्र हुनेछ ।’ 

यो परियोजना प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा कार्यान्वयन हुनेछ । ग्रामीण उद्यमीका लागि पर्याप्त बजार अवसर स्थापित हुने भन्दै विश्व बैंकले परियोजनाले प्रदेश र स्थानीय सरकार तथा मध्यस्थकर्ता संस्थाको क्षमता विकासका साथै कृषि क्षेत्रका साना र मझौला उद्यमशीलताको सुदृढीकरण र उद्यमशीलता इकोसिस्टम  विकासमा काम गर्ने जनाएको छ ।